आइतबार, भदौ १४, २०८३

ओलीले प्रचण्डलाई भर्‍याङ बनाए : माधवकुमार नेपाल

नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले केपी शर्मा ओलीले आफू प्रधानमन्त्री बन्नका लागि नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भर्‍याङ मात्र बनाएको टिप्पणी गरेका छन्।
 |  आइतबार, चैत २२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत २२, २०७७

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले केपी शर्मा ओलीले आफू प्रधानमन्त्री बन्नका लागि नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भर्‍याङ मात्र बनाएको टिप्पणी गरेका छन्।

नेपाल-खनाल समूहले आयोजना गरेको काठमाडौं जिल्ला कमिटीको भेलालाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन्। 

'ओलीले आफू प्रधानमन्त्री बन्नका लागि प्रचण्डलाई भर्याकङ बनाए। माधव नेपाल प्रचण्डको कार्यकर्ता भए भनेर अहिले आरोप लगाइरहेका छन्,' उनले भने, 'ओली मात्रै होइन, उनका मानिस पनि उनी जस्तै छन्। ओलीले गालीगलौज गरेर हिँडेका छन्। हामी उनलाई गाली गर्दैनौँ। ओली प्रवृत्तिले कहाँ असर गरेको छ, त्यो अध्ययन गरेर जानुपर्छ।'

'पार्टीलाई थाहा नै नदिएर ओलीले संसद भङ्ग गर्ने काम गरे। अध्यादेशदेखि संवैधानिक निकाय र राजनीति नियुक्तिमा एकलौटी र मनमानी गरेर हिँडे। उनलाई हामीले सम्झाउन खोज्यौँ त्यसैबाट द्वन्द्व सुरु भयो,' सम्बोधनका क्रममा नेता नेपालले भने, 'अहिले आएर सर्वोच्चको फैसला आइसकेपछि पुरानो अवस्थामा फर्केर अगाडि बढौँ भन्दा एकलौटी रूपमा अगाडि बढन खोजे। मनपरि चलाए। उनले एकलौटी गरेपछि हामी पनि अभियानमा हिँडेका हौं।'

ओलीलाई आफ्नो नाम लेख्ने र फोटो टास्ने मात्र रहर भएको समेत उनको आरोप छ। 'बालुवाटारमा बसेर स्विच थिच्यो कार्यक्रम उदघाट्न भयो भनेको छ। १६५ निर्वाचन क्षेत्रमा एकैदिन सडक उद्घाटन भनेर हावा फैलाउने काम गरे।'

कम्युनिस्ट पार्टीको पुनःगठनको अभियानमा आफूहरू लागेको उनको भनाइ छ। 'हामी केही गर्दैनौं हामी डरत्रास केही नमानेर अगाडि बढ्छौँ। पार्टीलाई सशक्त बनाएर जान्छौं,' उनले भने। 

प्रकाशित: Apr 04, 2021| 10:14 आइतबार, चैत २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।