आइतबार, भदौ १४, २०८३

ओलीलाई परास्त गर्नैपर्छ : अष्टलक्ष्मी शाक्य

वरिष्ठ नेता माधवकुमार नेपाल- झलनाथ खनाल पक्षले काठमाडौँमा आयोजना गरेको भेलामा सम्बोधन गर्दै नेतृ शाक्यले यस्तो बताएकी हुन्। 
 |  आइतबार, चैत २२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत २२, २०७७

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी एमालेको बाग्मती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई परास्त गर्नैपर्ने बताएकी छन्। 

वरिष्ठ नेता माधवकुमार नेपाल- झलनाथ खनाल पक्षले काठमाडौँमा आयोजना गरेको भेलामा सम्बोधन गर्दै नेतृ शाक्यले यस्तो बताएकी हुन्। 

'ओलीले शीर निहुराउने काम गरेका छन्। अब जनताको प्रिय बनेर हामीले देखाउनुपर्छ,' नेतृ शाक्यले थपिन्, 'हामी कहिले हार्दैनौँ। केपी ओलीलाई परास्त गर्नैपर्छ।'

एमालेको काठमाडौं जिल्ला कमिटी गुटबन्दीको शिकार भएको उनको भनाइ थियो। 'आधिकारिक पार्टी कमिटीको जिल्ला कमिटी घोषणा हुँदैछ। अहिले स्थायी कमिटी बैठक बसेर २ महिने अभियान अगाडि बढाउने निर्णय गरेको छ। अब व्यवस्थित बनाएर जानुपर्छ,' सम्बोधनका क्रममा शाक्यले भनिन्। 

ओलीले राजनीतिक उपलब्धि सक्ने मात्र काम गरेको उनको आरोप छ। 'केपी ओलिसित हामी लड्दै छौं हामी जित्नुपर्छ।  ओलीसँग हामी व्यक्तिगत हिसाबले लडेका होइनौँ। किनभने उनले कम्युनिस्ट आन्दोलन सक्न लागेका कारणले हामी लडिरहेका छौं। राजनीति उपलब्धि सक्ने काम गरे। पार्टी सके। उहाँको सोचविचारका कारण नेता कार्यकर्ता र जनताले दु:ख पाए।'

ओलिले कम्युनिस्ट आन्दोलन धुजाधुजा बनाएको समेत उनको आरोप छ। तर अब ढिलो नगरी पार्टी निर्माणमा लाग्नुपर्ने भन्दै उनले सरकार भ्रष्ट भएको समेत धारणा राखिन्। 

'वैचारिक र विधि संगत हिसाबले हामी अगाडि बढेमा ओलिविरुद्धको लडाइ जितिने छ। ओली विचारशून्य हुन्। राजनीति र वैचारिक हिसाबले पार्टी संगठन बनाउने हो। सरकारमा पनि भ्रष्टको जालो छ।'

प्रकाशित: Apr 04, 2021| 09:51 आइतबार, चैत २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।