मंगलबार, साउन १९, २०८३

स्वास्थ्यकर्मीलाई ज्यान मार्ने धम्की, अस्पतालको सेवा बन्द 

दार्चुलाको गोकुलेश्वर अस्पतालको इमर्जेन्सी र प्रसूति बाहेक अन्य सेवा आजदेखि बन्द भएको छ।
 |  आइतबार, चैत २२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत २२, २०७७

काठमाडौं – दार्चुलाको गोकुलेश्वर अस्पतालको इमर्जेन्सी र प्रसूति बाहेक अन्य सेवा आजदेखि बन्द भएको छ। स्थानीय व्यक्तिको एक समूहले अस्पतालका स्वास्थ्यकर्मीलाई गालीगलौज, कुटपिटको प्रयास गर्नुका साथै ज्यान मार्ने धम्की दिएपछि अस्पतालमा काम गर्ने वातावरण नभएको भन्दै सेवा बन्द गरिएको अस्पताल प्रशासनले जनाएको छ।

अस्पताल प्रशासनले एक विज्ञप्ती जारी गर्दै धम्की दिने व्यक्ति तथा समूहलाई कारबाहीको दायरमा नल्याएसम्म सेवा सञ्चालन नगर्ने चेतावनी दिएको छ।

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमाथि केही व्यक्तिले धम्की दिने तथा एक सञ्चारमाध्यमले समेत अस्पतालका विषयमा भ्रामक समाचार प्रसारण गरेकाले विज्ञप्तिमा उल्लेख छ। 

अस्पतालको गुनासोलाई स्थानीय प्रशासनले समेत बेवास्ता गरेको अस्पताल प्रशासनको आरोप छ।

प्रकाशित: Apr 04, 2021| 05:09 आइतबार, चैत २२, २०७७
प्रतिक्रिया दिनुहोस्