मंगलबार, साउन १९, २०८३

कफी धेरै पिउनु हुन्छ? बाँझोपन होला!

आमा-बुवा भन्नु जो कोहिका लागि एक सुखद् क्षण हो। केही दम्पत्तिले आमा-बुवा भन्ने सौभाग्य सहजै पाउँछन् भने केहीका लागि गाह्रो हुन्छ।
 |  आइतबार, चैत २२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत २२, २०७७

आमा-बुवा भन्नु जो कोहिका लागि एक सुखद् क्षण हो। केही दम्पत्तिले आमा-बुवा भन्ने सौभाग्य सहजै पाउँछन् भने केहीका लागि गाह्रो हुन्छ।

एक तथ्याङ्क अनुसार विश्वमा १५ प्रतिशत मानिसमा बाझोपनको समस्या छ।  कुनै न कुनै कारणल‍े १५ प्रतिशत मानिस बच्चा पाउन असमर्थ हुने गर्छन्।

विशेषज्ञका अनुसार थुप्रै रोग, ड्रग्सको सेवन, आनुवंशिकता, खराव जीवन शैली र केही रसायनको सम्पर्कमा बढी आउनुले प्रजनन् क्षमतामा प्रभाव पर्छ।

कफीको बढी सेवन गर्नु पनि प्रजनन् क्षमताका लागि राम्रो होइन। कफीले दैनिक कामबाट हुने थकानबाट राहात दिन्छ। तर, यसको अत्याधिक स्वन स्वास्थ्यका लागि हानिकारक हुन्छ।

यदि दिनमा तीन/चार कप कफिको सेवन गर्ने बाँनी भए यसले प्रजनन् क्षमतामा असर गर्न सक्छ। 

विशेषज्ञका अनुसार कफीको धेरै सेवनले शुक्रकिट उत्पादनमा असर पर्छ। महिलाका लागि यसले झनै हानी गर्छ। गर्भवती महिलाले धेरै कफी पिउँदा गर्भपतनको जोखिम हुन्छ।

यस्तै धुमपानले पनि प्रजनन् क्षमतामा असर पुर्‍याउँछ। यसले फोक्सोमा मात्र क्षति गर्ने नभइ अन्य रोगको जोखिम पनि बढाउँछ।

पुरुषको तुलनामा धुमपान गर्ने महिलामा बाझोपनको जोखिम झनै बढी हुन्छ। धुमपानले महिलामा चाडो-चाडो महिनावारी हुने समस्या हुन सक्छ। र, पुरुषमा शुक्रकिटको संख्यामा कमी आउन सक्छ।

घरमा प्रयोग हुने रसायनले पनि यौन क्षमतामा ह्रास ल्याउँछ। किटनासक रसायन लगायत थुप्रै रसायनको नियमित प्रयोगले गर्भाधारएको सम्भावनामा २९ प्रतिशतले कमी आउँछ।

प्रकाशित: Apr 04, 2021| 01:45 आइतबार, चैत २२, २०७७
प्रतिक्रिया दिनुहोस्