बिहीबार, फागुन २८, २०८२

म्यानमार आन्दोलनमा मारिनेको संख्या ५५० नाघ्यो 

फेब्रुअरी १ बाट सुरु भएको आन्दोलनमा त्यहाँको सैनिक सरकारले दमन गर्दै आएको छ। प्रदर्शनमा मारिनेहरूको संख्या बढ्दै गएको भन्दै विनिन्न निकायले चिन्ता व्यक्त गर्न थालेका छन्। 
 |  शनिबार, चैत २१, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत २१, २०७७

यांगुन- म्यानमारमा सैनिक 'कू'विरुद्ध भएको आन्दोलनमा मारिने नागरिकको संख्या ५ सय ५० भन्दा बढी पुगेका छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले म्यानमार आन्दोलनमा मारिनेहरूको संख्या ५ सय ५० नाघेको उल्लेख गरेको छ। यीमध्ये ४६ जना बालबालिका छन्। 

National life

फेब्रुअरी १ बाट सुरु भएको आन्दोलनमा त्यहाँको सैनिक सरकारले दमन गर्दै आएको छ। प्रदर्शनमा मारिनेहरूको संख्या बढ्दै गएको भन्दै विनिन्न निकायले चिन्ता व्यक्त गर्न थालेका छन्। 

शनिबारको आन्दोलन नियन्त्रण गर्न सैनिक सरकारले नागरिकहरूमाथि दमन गर्दा कम्तीमा ५ जनाको मृत्यु भएको रोयटर्सले उल्लेख गरेको छ। मोनिवामा भएको प्रदर्शनमा सेनाले जथाभावी गोली चलाउँदा कम्तीमा ४ जनाको मृत्यु भएको थियो। गोली लागेर थुप्रै घाइते भएका छन्।  

यस्तै दक्षिणी सहर थाटोमा सेनाले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको स्थानीय समाचार माध्यमले जनाएको भन्दै रोयटर्सले समाचार प्रकाशन गरेको छ।

प्रकाशित: Apr 03, 2021| 14:44 शनिबार, चैत २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।