काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल–झलनाथ खनाल पक्षको स्थायी कमिटी बैठकले संगठन सुदृढीकरणका लागि चार चरणमा दुई महिने अभियान संचालन गर्ने निर्णय गरेकाे छ।
कलंकीस्थित एक पार्टी प्यालेसमा खनाल-नेपाल पक्षको स्थायी कमिटी बैठकले पार्टीलाई एकताबद्ध बनाउन अभियान सुरु गर्ने निर्णय गरेको हो।
अभियानका क्रममा पार्टीका सबै कार्यक्रम तल्ला तहसम्म पुर्याइने उक्त पक्षका नेता भीम रावलले बताए। यस्तै, पार्टीका प्रदेश, जिल्ला, गाउँ, वडा कमिटीहरू गठन गर्ने र पार्टीसम्बन्धी विभिन्न दिवसमा कार्यक्रम पनि गरिने उनले बताए।
यी हुन् कार्यक्रम



