काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले आफ्नो राजीनामा माग्दैमा दिन नसकिने स्पष्ट पारेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा १६५ सडकको एकैसाथ शुभारम्भ गर्दै उनले आफूलाई हटाउन सरकारलाई दिएको समर्थन फिर्ता लिनसमेत चुनौती दिएका हुन्।
समर्थन फिर्ता नगर्ने तर राजीनामा दिनदिनै माग्ने गरेको उनको भनाइ छ।
‘दिनदिनै मेरो राजीनामा मागेका छन्। एक दिन होइन। दुई दिन होइन। एउटाले होइन, दुईटाले होइन। मागेका माग्यै छन्,’ उनले भने, ‘मलाई हटाउन समर्थन फिर्ता लिइदेऊ भन्छु। तैपनि लिँदैनन्। अनि राजीनामा माग्दछन्। समर्थन फिर्ता गर राजीनामा त आइहाल्छ नि!’