आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कम्युनिस्ट पार्टी र आन्दोलन बलियो होस् भन्‍ने राष्ट्रपतिको चाहना : खनाल

कम्युनिस्ट पार्टी र आन्दोलन बलियो होस् भन्‍ने राष्ट्रपतिको चाहना : खनाल

राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई भेटेकी छन्।
 |  शनिबार, चैत २१, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत २१, २०७७

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई भेटेकी छन्।

शनिबार डल्लुस्थित इतिहासकार महेशराज पन्तको घरमा पुगेकी राष्ट्रपति भण्डारीले आडैमा रहेको वरिष्ठ नेता खनालको घरमा पुगेर खनालसँग भेट गरेकी हुन्।

भेटमा राष्ट्रपति भण्डारीले नेकपा एमाले तथा समग्र कम्युनिष्ट आन्दोलनबारे छलफल गरेको बताइएको छ।

‘कम्युनिष्ट आन्दोलन तथा नेकपा एमाले एकताबद्ध भएर जाओस्, लोकतन्त्र सुदृढ भएर जाओस् भन्ने उहाँको चाहना थियो।’ भेटपछि नेता खनालले सञ्चारकर्मीहरुसँग भने।

लामो समय एमालेको कार्यकर्ताका रुपमा काम गरेकी भण्डारीले पार्टी एकताबद्ध होस् भन्ने चाहना व्यक्त गरेको र आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी लिएको नेता खनालले बताए।

‘आज उहाँ मेरोमा आउनु भयो, मलाई बडो खुसी लागेको छ, मैले उहाँलाई स्वागत गरेँ, मेरो परिवारले नै उहाँलाई खुसीका साथ स्वागत गर्‍यो’, खनालले भने, ‘इतिहासकार पन्तको निवासमा आउनु भएको रहेछ, त्योसँगै जोडिएको मेरो घरमा पसेर स्वास्थ्य अवस्थाबारे पनि जानकारी लिनुभयो।’

नेता खनालले भेटका क्रममा केही भलाकुसारी भएको, विगतका कुरा गरेको र बर्तमान राजनीतिक परिस्थितिबारे पनि सामान्य छलफल भएको बताए।

उनले राष्ट्रपतिले स्वास्थ्य अवस्थाबारे चासो राखेको भन्दै आफू अहिले स्वस्थ रहेको सञ्चारकर्मीहरुलाई बताए। उनले भने, ‘मेरो स्वास्थ्य ठिक छ, केही समस्या भए पनि मसँग उपचारको प्लान पनि छ, डाक्टरहरुसँग सल्लाह पनि गरिरहेको छु।’

खनाल पछिल्लो समय पार्टीका सबैजसो बैठक र कार्यक्रममा सहभागी भइरहेको बताउँदै आफू ठिक रहेको जानकारी दिए। उनले आफूले आफ्नो जीवन त महिले नै ‘सेक्रिफाइस’ गरेको भन्दै अहिले नाफाको जीवन बाँचीरहेको जानकारी दिइन्।

शनिबार राष्ट्रपति भण्डारी डल्लुस्थित इतिहासकार महेशराज पन्तको घरमा पुगेकी थिइन्।

पन्तले स्थापना गरेको इतिहास पुस्ताकालय अवलोकन तथा इतिहास संशोधन समितिसँगको छलफलका लागि शिक्षा मन्त्रीसहित उनी त्यहाँ पुगेकी थिइन्।
 

प्रकाशित: Apr 03, 2021| 12:05 शनिबार, चैत २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।