बिहीबार, फागुन २८, २०८२

इटलीमा ३ दिनका लागि कडा लकडाउन

कोरोना भाइरसबाट युरोपमा सबैभन्दा सुरुमा अति प्रभावित भएको इटलीमा फेरि लकडाउन गरिएको छ।
 |  शनिबार, चैत २१, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत २१, २०७७

काठमाडौं- कोरोना भाइरसबाट युरोपमा सबैभन्दा सुरुमा अति प्रभावित भएको इटलीमा फेरि लकडाउन गरिएको छ।

National life

इसाईहरुको पर्व इस्टरको पूर्वसन्ध्यामा इटलीमा पुनः लकडाउन गरिएको हो। यो लकडाउन तीन दिनसम्म हुने र कडाइका साथ लागू गरिने अधिकारीहरुले जनाएका छन्।

अहिले त्यहाँका सबै क्षेत्रहरु ‘रेड जोन’ का रुपमा रहेका छन्। तेस्रो चरणको कोरोना संक्रमणको लहर चलेपछि त्यहाँ आइतबार मनाइने इस्टर पर्वका लागि कडा लकडाउन गरिएको हो। त्यहाँ पछिल्लो २४ घण्टामा २० हजार हाराहारीमा कोरोना संक्रमित भेटिएका छन्।

अधिकारीहरुका अनुसार यो लकडाउनमा अत्यावश्यक बाहेकको हिँडडुल बन्द गरिएको छ भने घरमा बसेर एकदुई जना बसेर इस्टर विशेष खाना खाने खुवाउने कुरामा रोक लगाइएको छैन।

चर्चहरु खुलै छन् तर आफ्नो क्षेत्रका व्यक्तिहरु मात्रै चर्चमा जान पाउने नियम लागू गरिएको छ। अर्को क्षेत्रका व्यक्तिहरु अन्य क्षेत्रका चर्चहरुमा पुगेर प्रार्थना गर्न रोक लगाइएको छ।

Laxmi sunrise bank
kumari

पोप फ्रान्सिसले यस वर्ष पनि इस्टर पर्वमा खाली चौरमा उभिएर शुभकामना व्यक्त गर्नेछन्। अघिल्लो वर्ष पनि कोरोना भाइरसको महामारीका कारण उनले यसैगरी सन्देश दिएका थिए।

अहिले सबै रेड जोनमा रहे पनि यो महिनाको अन्त्यसम्ममा ‘ओरेन्ज जोन’ बन्न थालेपछि बिदा मनाउनेहरुले आवातजावत गर्न पाउने बताइएको छ।

इटलीमा कोरोना भाइरसको महामारीका कारण १ लाख १० हजार ३२८ जनाको मृत्यु भइसकेको छ। त्यहाँ हालसम्म ३६ लाख मानिस संक्रमित भएका छन्।

प्रकाशित: Apr 03, 2021| 09:17 शनिबार, चैत २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।