बिहीबार, फागुन २८, २०८२

बंगलादेशमा पूर्ण लकडाउनको तयारी

कोरोना भाइरसको संक्रमण पुनः बढेपछि बंगलादेशमा पूर्ण लकडाउनको तयारी गरिएको छ।
 |  शनिबार, चैत २१, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत २१, २०७७

काठमाडौं- कोरोना भाइरसको संक्रमण पुनः बढेपछि बंगलादेशमा पूर्ण लकडाउनको तयारी गरिएको छ।

National life

बंगलादेश सरकारका राज्यमन्त्री फरहाद हुसैनले भोलि (सोमबार)देखि देशभर एक हप्ताका लागि पूर्ण लकडाउनको तयारी भइरहेको बीबीसीलाई बताएका छन्।

हुसैनले लकडाउनको घोषणा गर्दा आम जनतालाई तयारीको समय दिने बताएका छन्।

एक अर्का मन्त्रीले पनि स्थानीय संचार माध्यमहरुसँग कुरा गर्दै लकडाउनको तयारी भइरहेको खुलासा गरेको बीबीसीले जनाएको छ।

बंगलादेशको यस पटकको लकडाउन कत्तिको कडा पारिने छ र के के क्षेत्र खुला रहनेछन् भन्नेबारे सरकारले आधिकारिकरुपमा केही घोषणा गरेको छैन।

Laxmi sunrise bank
kumari

गत हप्ता त्यहाँ कोरोनाबाट संक्रमित हुनेको संख्या निकै धेरै रहेको एजेन्सीहरुको भनाइ छ।

शुक्रबार झण्डै ३० हजार स्याम्पल परीक्षण गरिएकोमा ६ हजार ६०० जनामा कोरोना पोजेटिभ देखिएको थियो।

पछिल्लो २४ घण्टामा त्यहाँ ५० जनाको मृत्यु भएको तथ्यांक छ। कोरोनाका कारण गत वर्ष सन् २०२० मा त्यहाँ ३ महिना लकडाउन गरिएको थियो।

प्रकाशित: Apr 03, 2021| 08:57 शनिबार, चैत २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।