आइतबार, वैशाख २७, २०८३

अर्जेन्टिनाका राष्ट्रपतिलाई कोरोना संक्रमण

राष्ट्रपति फर्नान्डेजले ट्विट गर्दै आफूलाई ज्वरो र हल्का टाउको दुखेपछि एन्टिजेन परीक्षण गराएको र त्यसले कोभिड–१९ पोजेटिभ देखाएको उल्लेख गरेका छन्। 
 |  शनिबार, चैत २१, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत २१, २०७७

ब्युनस आयर्स- दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजलाई कोभिड–१९ सङ्क्रमण भएको छ। कोभिड–१९ को खोप लगाइसकेका राष्ट्रपतिलाई सङ्क्रमण देखिएको राष्ट्रपति कार्यालयले शुक्रबार जानकारी दिएको छ। 

National life

राष्ट्रपति फर्नान्डेजले ट्विट गर्दै आफूलाई ज्वरो र हल्का टाउको दुखेपछि एन्टिजेन परीक्षण गराएको र त्यसले कोभिड–१९ पोजेटिभ देखाएको उल्लेख गरेका छन्। 

६२ वर्षीय राष्ट्रपति फर्नान्डेजले आफू आइसोलेसनमा रहेपनि शारीरिक रुपमा तन्दुरुस्त रहेको उल्लेख गरेका छन्। 

राष्ट्रपति फर्नान्डेजले रसियाली स्पुतनिक-भी खोप लगाएका थिए। खोपको दोस्रो डोज फेब्रुअरी ११ मा लगाएका राष्ट्रपतिलाई कोरोना संक्रमण भएको हो। 

अर्जेन्टिनामा कोभिड–१९ को दोस्रो लहर चलेको छ र कोरोना सङ्क्रमितको संख्या दिनहुँ बढेको पाइएको छ। 

अर्जेन्टिनामा कोभिडबाट २३ लाख मानिस सङ्क्रमित भएका र ५५ हजारभन्दा बढी व्यक्तिको निधन भइसकेको छ। -रासस/एएफपी

प्रकाशित: Apr 03, 2021| 08:40 शनिबार, चैत २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।