शनिबार, असोज १०, २०८३

मैले पासपोर्ट बनाएँ

मलाई कुनै पीर थिएन, पत्याउनु हुन्छ ? हो, साँच्चै थिएन  किनकि म यही देशमा केही गर्न सक्छु भन्ने, 
 |  शनिबार, चैत २१, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत २१, २०७७

मलाई कुनै पीर थिएन, पत्याउनु हुन्छ ?
हो, साँच्चै थिएन 
किनकि म यही देशमा केही गर्न सक्छु भन्ने, 
हिम्मत भएको मान्छे ! 
कक्षामा जहिले प्रथम/द्वितीय हुने मान्छे ! 
मलाई के को पीर ?

लाग्थ्यो !
यो देश म जस्तै योद्धाको खोजीमा छ।
यो देशका लागि नै जन्माइएको हो मलाई,
तर
मैले जति जति पढ्दै गएँ,
घरमा ऋण उतिउति बढ्दै गयो,
मेरो कलममा मसी भरिँदा,
घरको अन्न रित्तिन लाग्यो।
मेरो बैंस चढ्दै जाँदा,
बुबाको हातका ठेला झन्झन् बढ्दै गए ।
मैले पढ्नका लागि घर छोडेर जाँदा,
आमाका आँखाले वर्षौं दिन अभावका आँसुहरू छोड्यो।

उता आमाबुवा कमजोर हुँदै जाँदा,
मेरो मनमा पीडाहरू बलिया हुन थाले।

त्यसपछि 
मैले मेरा सर्टिफिकेट धितो राखेर जागिर खोज्न थालें।
तर, यहाँ त मोटो रकम धितो नराखेसम्म जागिर नपाइने रहेछ।
मैले मेरा सपना बन्धक राखेर,
बुबाआमाका मुजा परेका अनुहारमा
एकदुई खुसीका मुजा थप्ने सोच बनाएँ।
बुबाको हातको ठेलामा लगाउने मल्हम किन्ने सोच बनाएँ।
अन्ततः मेरा सपना र सोच सबै पासपोर्टमै हराएँ। 

धन्यवाद ! छ सरकार 
अरू जे होस् तिमीले सर्टिफिकेटको मूल्य तोकेका रहेछौ।
सर्टिफिकेट धितो राखेर ऋण दिने व्यवस्था गरेका रहेछौ।
त्यही मौकाको फाइदा उठाएर तिनै सर्टिफिकेट धितो राखेर।
मैले पासपोर्ट बनाएँ
मैले पासपोर्ट बनाएँ।।

प्रकाशित: Apr 03, 2021| 01:05 शनिबार, चैत २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।