बिहीबार, फागुन २८, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • ताइवानमा रेल दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ४८ पुग्यो

ताइवानमा रेल दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ४८ पुग्यो

करिब ५ सय जना रहेको उक्त रेल निर्माणको काम गर्ने उपकरणमा ठोक्किएर दुर्घटना भएको बताइएको छ। दुर्घटनामा कम्तीमा ६६ जना घाइते भएका हुन्।  
 |  शुक्रबार, चैत २०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २०, २०७७

ताइवान- ताइवानमा रेल दुर्घटनामा परी कम्तीमा पनि ४८ जनाको मृत्यु भएको छ। ताइवानको राजधानी ताइपेईबाट ताइतुङतर्फ जाँदै गरेको रेल शुक्रबार दुर्घटना भएको हो। रेलका चालकको पनि मृत्यु भएको बताइएको छ।

National life

करिब ५ सय जना रहेको उक्त रेल निर्माणको काम गर्ने उपकरणमा ठोक्किएर दुर्घटना भएको बताइएको छ। दुर्घटनामा कम्तीमा ७० जना घाइते भएका हुन्।  

स्थानीय समयअनुसार बिहान ९ बजे रेल दुर्घटना भएको हो। रेलको पछिल्तिर रहेका यात्रुलाई भने कम क्षति भएको बताइएको छ। दुर्घटनापछि रेल सुरुङतर्फ चिप्लिएको बिबिसीले समाचार प्रकाशन गरेको छ। ट्रेनमा धेरै मानिसहरू उभिएरै यात्रा गरिरहेका थिए। दुर्घटनापछि केही यात्रीहरूले रेलका झ्याल फुटाएर बाहिर निस्किएका थिए। 

'मलाई एक्कासी झड्का लागेजस्तो भयो। यसपछि म आफैँ भुईमा लडेँ,' दुर्घटनामा घाइते भएर उद्धार गरिएकी एक महिलाले ताइवानी समाचार संस्थालाई भनेकी छन्, 'यसपछि हामीले रेलको झ्याल तोडेर बाहिर निस्कियौँ।'

'मेरो शरीर भुईंमा ढल्यो। मेरो टाउकोमा चोट लागेर रगत आउन पनि थाल्यो,' अर्की एक घाइते महिलाले भनेकी छन्। 

Laxmi sunrise bank
kumari

शुक्रबार नै ताइवानी प्रधानमन्त्री सुत्सेङ चाङले दुर्घटनास्थलको भ्रमण गरिसकेका छन्। 

ताइवानमा विगत एक दशकयताकै सबैभन्दा ठूलो दुर्घटना भएको बताइएको छ। यसअघि सन् २०१८ मा ताइवानमा रेल दुर्घटना भएको थियो दुर्घटनामा परी १८ जनाको मृत्यु भएको थियो। सन् १९९१ मा ताइवानमा दई रेल आपसमा जुध्दा ३० जनाको मृत्यु भएको थियो भने ११२ जना घाइते भएका थिए। 

प्रकाशित: Apr 02, 2021| 10:50 शुक्रबार, चैत २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।