मंगलबार, साउन १९, २०८३

तपाईंको बच्चाले पटक-पटक पानी पिउँछ? यस्तो समस्या हुनसक्छ!

मधुमेह लाइफस्टाइलसँग जोडिएको एक रोग हो। यो व्यस्का मानिसमा मात्र नभएर युवा वा बच्चामा पनि हुनसक्छ।
 |  शुक्रबार, चैत २०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २०, २०७७

मधुमेह लाइफस्टाइलसँग जोडिएको एक रोग हो। यो व्यस्का मानिसमा मात्र नभएर युवा वा बच्चामा पनि हुनसक्छ।

बच्चा र किशोरमा डायबिटीज भए सुरुआतमै पहिचान गरेर स्वास्थ्यमा राम्रो सुधार ल्याउन सकिन्छ।

नेशनल डायबिटीज स्ट्याटिस्टिक्स रिपोर्ट २०२० का अनुसार अमेरिकामा २० वर्ष उमेरका लगभग २ लाख १० हजार बच्चा तथा किशोरमा मधुमेह पाइएको थियो। 

मेडिकल न्युज टुडेका अनुसार पटक-पटक प्यास लाग्नु र पटक-पटक पिसाब आउनु मधुमेहको लक्षण मध्य एक हो। बच्चालाई आवश्यकता भन्दा बढी प्यास लागेमा तुरुन्तै चिकित्सकलाई देखाउनुपर्छ।

मधुमेह भएका बच्चालाई अत्याधिक भोक लाग्छ। जति खुवाउँदा पनि शरीरमा शक्ति नै सञ्चित हुँदैन। बच्चामा यस्तो समस्या देखिए ढिला नगरी चिकित्सकलाई देखाउनुपर्छ।

विशेषज्ञका अनुसार डायबिटीज भएका बच्चाको अचानक तौल कम हुन्छ। र, सधै थकान महशुस हुन्छ। यस्तो अवस्थामा आमावुवाले बच्चाको विशेष ख्याल गर्नुपर्छ।

यस्तै डाइबिटीज भएको बच्चामा चिडचिडाहट हुन्छ। बच्चाको जिद्धि हुने बानी नै हो। तर, फकाउँदा उनीहरूले मानिहाल्छन्। यदि बच्चामा चिडचिडाहट हुनथाल्यो भने कतै मधुमेह त भएको छैन? त्यसका लागि तुरुन्त चिकित्सकलाई देखाउनुपर्छ।

प्रकाशित: Apr 02, 2021| 02:43 शुक्रबार, चैत २०, २०७७
प्रतिक्रिया दिनुहोस्