बिहीबार, फागुन २८, २०८२

भारतमा जिएसटी संकलन बढ्यो, मार्चमा हालसम्मकै उच्च

'नक्कली बिलको नियमन, जिएसटी प्रणाली कार्यान्वयनमा सुधार, आयकर र कर संकलन केन्द्रको सूचना प्रविधि प्रणाली सुधारका साथै प्रभावकारी कर प्रशासनका कारण विगत केही महिनायता जिएसटी संकलनमा वृद्धि देखिँदै आएको छ,' मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 
 |  बिहीबार, चैत १९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १९, २०७७

नयाँदिल्ली- भारतमा यो वर्ष मार्च महिनामा हालसम्मकै उच्च वस्तु तथा सेवा कर (जिएसटी) संकलन भएको छ।

National life

बिहीबार एक वक्तव्य जारी गर्दै भारतीय वित्त मन्त्रालयले मार्च महिनामा १२ खर्ब ३० अर्ब रुपयाँभन्दा बढी जिएसटी संकलन भएको जानकारी दिएको हो। एक महिना अवधिमा भएको यो संकलन हालसम्मकै उच्च भएको मन्त्रालयको तथ्यांकले देखाएको छ। 

गत वर्ष मार्च महिनाको तुलनामा यस वर्ष २७ प्रतिशत जिएसटी संकलन वृद्धि भएको मन्त्रालयले जारी गरेको वक्तव्यमा उल्लेख छ।

मन्त्रालयका अनुसार मार्चमा विदेशी वस्तुको आयातबाट हुने जिएसटी संकलन ७० प्रतिशतले वृद्धि भएको छ भने आन्तरिकतर्फको जिएसटी संकलन १७ प्रतिशतले वृद्धि भएको छ। भारतमा पछिल्लो ६ महिनायता लगातार १० खर्ब रुपयाँभन्दा बढी जिएसटी संकलन भएको समेत मन्त्रालयले उल्लेख गरेको छ। 

'नक्कली बिलको नियमन, जिएसटी प्रणाली कार्यान्वयनमा सुधार, आयकर र कर संकलन केन्द्रको सूचना प्रविधि प्रणाली सुधारका साथै प्रभावकारी कर प्रशासनका कारण विगत केही महिनायता जिएसटी संकलनमा वृद्धि देखिँदै आएको छ,' मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

Laxmi sunrise bank
kumari

भारतमा दुई केन्द्र शासित प्रदेश (युनियन टेरीटरी) दामन एन्ड दिउ र अन्डमान एन्ड निकोबारबाहेकका सबै २८ राज्य र ८ युनियन टेरीटरीको जिएसटी संकलन वृद्धि भएको बताइएको छ। 

जिएसटी संकलन बढ्नुले अर्थतन्त्रमा सुधार भएको संकेत गर्दछ। यसबाट कोरोना महामारीको असर कम हुँदै गएको र अर्थतन्त्र सुधारोन्मुख भएको विश्लेषण गरिएको छ।

यस्तो छ जिएसटी संकलनको तथ्यांक

प्रकाशित: Apr 01, 2021| 13:00 बिहीबार, चैत १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।