मंगलबार, चैत १०, २०८२

पटक-पटक किन लाग्छ पिसाब?

पटक-पटक पिसाब लाग्नु एक समस्या हो। यस्तो समस्याले मानिसलाई सास्ति दिने गर्छ। यो समस्याबारे मानिस पूर्ण रुपमा जानकार हुँदैन। तर, शरीरमा चिडचिडाहट आउने गर्छ।
 |  बिहीबार, चैत १९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १९, २०७७

पटक-पटक पिसाब लाग्नु एक समस्या हो। यस्तो समस्याले मानिसलाई सास्ति दिने गर्छ। यो समस्याबारे मानिस पूर्ण रुपमा जानकार हुँदैन। तर, शरीरमा चिडचिडाहट आउने गर्छ।

National life

पटक-पटक पिसाब लाग्दा सामान्य रुपमा लिनु हुँदैन। बेलैमा यसको कारण जान्नुपर्ने हुन्छ। त्यसैले समयमै अस्पताल पुग्नुपर्छ।

डायबिटीजका कारण पनि चाडो-चाडो पिसाब भएको हुनसक्छ। डायबिटीज हुँदा शरीरले ठिकसँग प्यान्क्रियास इन्सुलिनको निर्माण गर्न सक्दैन। 

त्यसैले शरीरमा ग्लुकोजको मात्रा बढ्न थाल्छ। यस्तो अवस्थामा मिर्गौलामा अतिरिक्त दबाव पड्नथाल्छ। र, अतिरिक्त सुगर पिसाबको माध्यमबाट बाहिर निक्लिन थाल्छ।

त्यसैले डायबिटीजका बिरामीद्ये पटक-पटक पिसाब गर्ने गर्छन्।

Laxmi sunrise bank
kumari

यस्तै मुत्रमार्गमा इन्फेक्सन हुँदा पनि पटक-पटक पिसाब लाग्नेगर्छ। मुत्रमार्गमा इन्फेक्सन हुनु एक आम समस्या हो। यस्तो समस्या हुँदा मुत्रमार्गमा थुप्रै जिवाणु जम्मा हुन पुग्छन्। 

जसले गर्दा जलन तथा सुजन हुनथाल्छ। आम रुपमा यो समस्या महिलामा बढी हुन्छ। जसले गर्दा उनीहरू पटक-पटक पिसाब गर्छन्।

उच्च रक्तचाप हुँदा बिरामीलाई शरीर भित्र रहेको अतिरिक्त लिक्विडलाई निकाल्ने औषधी दिइन्छ। यसले गर्दा पनि मानिसलाई चाडो-चाडो पिसाब लाग्ने हुनसक्छ।

कतिपय अवस्थामा मनोवैज्ञानिक कारणले पनि चाडो पिसाब लाग्ने हुन्छ। जब मानिसमा अधिक चिन्ता भयो त्यस्तो अवस्थामा पटक-पटक पिसाब लाग्छ। त्यसैले चाडो पिसाब लाग्ने समस्या भए समयमै चिकित्सकोमा जानु बुद्धिमानी हुन्छ।

प्रकाशित: Apr 01, 2021| 01:46 बिहीबार, चैत १९, २०७७
प्रतिक्रिया दिनुहोस्