मंगलबार, चैत १०, २०८२

शिक्षा मन्त्रालयलाई शिक्षक महासंघको ध्यानाकर्षण

नेपाल शिक्षक महासंघले शैक्षिक पेसागत मागसहित संघीय शिक्षा ऐन निर्माण गरी तत्काल जारी गर्ने विषयमा मन्त्रालयको ध्यानाकर्षण गराएको छ। 
 |  मंगलबार, चैत १७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १७, २०७७

काठमाडौं– नेपाल शिक्षक महासंघले शैक्षिक पेसागत मागसहित संघीय शिक्षा ऐन निर्माण गरी तत्काल जारी गर्ने विषयमा मन्त्रालयको ध्यानाकर्षण गराएको छ। 

National life

महासंघको फागुन २९ गते भएको विशेष परिषद्  भेलाको निर्देशनअनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियालाई भेटेर महासंघले आफ्ना मागसहित ध्यानाकर्षण गराएको हो।

महासंघका पदाधिकारी र मन्त्रालयका सचिवबीच तत्काल संघीय शिक्षा ऐन निर्माण गर्ने, संवाद तथा समन्वय समितिको बैठक डाक्ने, ईसीडी शिक्षकका समस्या समाधान गर्ने, शिक्षाको बजेट बढाउने लगायत विषयमा छलफल भएको थियो।

छलफल भइराख्ने तर कुनै परिणाम नआउने भएकाले दबाबस्वरुप मन्त्रालयको ध्यानाकर्षण गराउनुपरेको नेपाल शिक्षक संघका अध्यक्ष राजेन्द्र पौडेलले बताए। उनले भने,  ‘शिक्षक कर्मचारीहरुको तलब तथा सेवासुविधाको विषयमा राज्य मौन बस्नुले शैक्षिक गुणस्तरमा असर पारेको छ।’ 

महासंघले शिक्षकको पेन्सनमा लाग्ने खर्च २० अर्ब रुपैयाँ शिक्षाको बजेटभन्दा फरक राख्नुपर्ने, बजेटमा वृद्धि गर्दै शैक्षिक पूर्वाधारमा वृद्धि गर्नुपर्ने, गत वर्ष फागुन ९ गते भएको ३० बुँदे सहमति पालना गर्नुपर्ने, विद्यालयका कर्मचारीको तलब १३ हजार ४ सय ५० कायम गर्नुपर्ने लगायतका माग पनि अघि सारेको छ।

Laxmi sunrise bank
kumari

त्यसैगरी शैक्षिक संवाद समन्वय समितिको बैठक बस्न नसक्दा शिक्षाका मुद्दाहरु अलपत्र परेकाले तत्काल बैठक डाक्न संघले माग गरेको छ। समितिमा महासंघबाट ८ जना प्रतिनिधि र मन्त्रालयबाट ७ जना गरी १५ जना सदस्य रहने व्यवस्था छ।
 

प्रकाशित: Mar 30, 2021| 12:08 मंगलबार, चैत १७, २०७७
प्रतिक्रिया दिनुहोस्