मंगलबार, साउन १९, २०८३

सल्यानको दार्मामा विद्यालय बन्द नहुने

सरकारले आजदेखि देशभर विद्यालय बन्दको आह्वान गरेको छ। तर, सल्यानको दार्मा गाउँपालिकाका विद्यालय बन्द नहुने भएका छन्। 
 |  मंगलबार, चैत १७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १७, २०७७

सुर्खेत - सरकारले आजदेखि देशभर विद्यालय बन्दको आह्वान गरेको छ। तर, सल्यानको दार्मा गाउँपालिकाका विद्यालय बन्द नहुने भएका छन्। 

गाउँपालिकाले सूचना जारी गर्दै विद्यालय नगर्ने जनाएको हो।

गाउँपालिका क्षेत्रभित्र हालसम्म वातावरणीय असर नपरेको भन्दै सबै विद्यालय नियमित सञ्चालन हुने शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ। 
'गाउँपालिकामा वातावरणीय असर सिर्जना भएको छैन, आगामी जेठ महिनामा सञ्चालन हुने वार्षीक परीक्षालाई मध्यनगर गर्दै अर्को सूचना जारी नहुँदासम्म विद्यालय नियमित सञ्चालन हुनेछन्', गाउँपालिका शिक्षा अधिकृत शेरप्रसाद ढकालले जारी गरेको सूचनामा भनिएको छ।

कोरोना महामारीले लामो समयपछि विद्यार्थीहरूको पठनपाठन सञ्चालन भएकाले र वातावरणीय असर नदेखिएको भन्दै सोमबार बसेको कार्यपालिका बैठकले विद्यालय नियमित सञ्चालन गर्ने निर्णय गरेको हो।

सरकारले भने आजदेखि २० गतेसम्म सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ।

प्रकाशित: Mar 30, 2021| 03:09 मंगलबार, चैत १७, २०७७
प्रतिक्रिया दिनुहोस्