मंगलबार, साउन १९, २०८३

चीनले दिएको आठ लाख डोज खोप नेपाल आइपुग्यो  

चीन सरकारले अनुदानमा प्रदान गरेको कोरोनाविरुद्धको खोप नेपाल आइपुगेको छ। सरकारले नेपाल एयरलाइन्सको चार्टर्ड जहाजमार्फत ल्याएको आठ लाख डोज खोप नेपाल आइपुगेको हो।
 |  सोमबार, चैत १६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत १६, २०७७

काठमाडौं - चीन सरकारले अनुदानमा प्रदान गरेको कोरोनाविरुद्धको खोप नेपाल आइपुगेको छ। सरकारले नेपाल एयरलाइन्सको चार्टर्ड जहाजमार्फत ल्याएको आठ लाख डोज खोप नेपाल आइपुगेको हो।

यही चैत १ गतेको मन्त्रिपरिषद बैठकले चीनबाट प्रदान गरिने कोभिड–१९ विरुद्धको खोप ‘भेरासेल’ लगायत सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो।  सोही अनुरुप खोप नेपाल ल्याइएको हो।

चीन सरकारले उपलब्ध गराएको खोप कहिलेदेखि र कसलाई दिने भन्ने अहिले नै यकिन भइनसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

दुई मात्रा लगाउनुपर्ने चीनको सिनोभ्याक बायोटेकले उत्पादन गरेको खोप २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ। 

यसअघि नेपाललाई भारत सरकारले कोभिसिल्डको १० लाख डोज खोप अनुदानमा उपलब्ध गराएको थियो। 

प्रकाशित: Mar 29, 2021| 04:57 सोमबार, चैत १६, २०७७
प्रतिक्रिया दिनुहोस्