मंगलबार, चैत १०, २०८२

यस्ता लक्षण देखिए हुनसक्छ 'बोन क्यान्सर'

क्यान्सर सबै भन्दा घातक रोग मध्ये एक हो। क्यान्सरका कारण प्रत्यक वर्ष लाखौं मानिसले ज्यान गुमाउने गरेका छन्। क्यान्सर समयमै पत्ता लाग्यो भने ज्यान बचाउन पनि सकिन्छ। धेरै मानिसले क्यान्सर भएको समयमै थाहा पाउँदैनन्।
 |  सोमबार, चैत १६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत १६, २०७७

काठमाडौं - क्यान्सर सबै भन्दा घातक रोग मध्ये एक हो। क्यान्सरका कारण प्रत्यक वर्ष लाखौं मानिसले ज्यान गुमाउने गरेका छन्।

National life

क्यान्सर समयमै पत्ता लाग्यो भने ज्यान बचाउन पनि सकिन्छ। धेरै मानिसले क्यान्सर भएको समयमै थाहा पाउँदैनन्।

क्यान्सर शरीरको जुनसुकै अंगमा पनि हुनसक्छ। त्यही मध्येको एक हो बोन क्यान्सर। बोन क्यान्सर एक हड्डिबाट सुरु भएर पुरै शरीरमा फैलिन्छ।

मेडिकल न्युज टुडेका अनुसार बोन क्यान्सर मुख्य रूपमा दुई प्रकारका हुन्छन्। प्राइमरी र सेकेन्डरी बोन क्यान्सर।

प्राइमरी बोन क्यान्सरमा हड्डिका कोशिकामा क्यान्सर विकसित हुन्छ। सेकेन्डरी बोन क्यान्सरमा क्यान्सर शरीरको कुनै अन्य भागबाट फैलिएर हड्डिसम्म पुग्छ। खुट्टाको माथिल्लो हड्डि, हिप बोन, रिढको हड्डि आदिमा तिब्र रुपमा क्यान्सर फैलिन्छ।

Laxmi sunrise bank
kumari

अमेरिकी क्यान्सर सोसाइटीका अनुसार बोन क्यान्सरको सटिक कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन। तर, विशेषज्ञहरूले जेनेटिक कारणले क्यान्सर हुनसक्ने बताएका छन्। परिवारमा कुनै मानिसमा क्यान्सर संक्रमण भए अरुमा पनि हुने जोखिम हुन्छ।

बोन क्यान्सर हुँदा हड्डिमा दुखाई हुने, निरन्तर भइरहने दुखाई रातिको समयमा बढ्ने, कुनै हड्डि अचानक टुट्ने, थकान र ज्वरो आउने, अचानक तौल घट्ने लगायत लक्षण देखिन्छन्।

प्रकाशित: Mar 29, 2021| 02:54 सोमबार, चैत १६, २०७७
प्रतिक्रिया दिनुहोस्