बिहीबार, फागुन २८, २०८२

म्यानमारको सैन्य आक्रमणमा ११४ जनाको मृत्यु

म्यानमारमा सैनिक ‘कु’ विरुद्ध गरिएको प्रदर्शनमा १ सय १४ जनाको मृत्यु भएको छ। सैनिक कु विरुद्ध शनिबार गरिएको प्रदर्शनमा सेनाले गोली चलाउँदा बालबालिकासहित १ सय १४ जना सर्वसाधारणको ज्यान गएको अन्तराष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्।
 |  आइतबार, चैत १५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत १५, २०७७

म्यानमारमा सैनिक ‘कु’ विरुद्ध गरिएको प्रदर्शनमा १ सय १४ जनाको मृत्यु भएको छ।

National life

सैनिक कु विरुद्ध शनिबार गरिएको प्रदर्शनमा सेनाले गोली चलाउँदा बालबालिकासहित १ सय १४ जना सर्वसाधारणको ज्यान गएको अन्तराष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्।

प्रदर्शनमा १२ वर्ष भन्दा माथिका २० बालबालिकाको ज्यान गएको छ।

म्यानमारमा सेनाले कु गरेपछि त्यढसको विरोधमा देशभर प्रदर्शन चर्किएको छ।

हालसम्म म्यानमारमा ४ सय बढी आन्दोलनकारी तथा प्रदर्शनकारीको ज्यान गइसकेको छ।

Laxmi sunrise bank
kumari

म्यानमारमा भइरहेको विभत्स हत्यालाई लिएर अमेरिका, बेलायत र युरोपियन युनियनले भत्सना गरेका छन्।

पछिल्लो समय म्यानमारमा सैनिक कुविरुद्ध प्रदर्शन बढ्दै गएपछि अमेरिका, बेलायत, युरोपियन युनियन, संयुक्त राष्ट्रसंघ, क्यानडालगायतका देशले सैनिक नेतृत्वमाथि प्रतिबन्ध लगाइसकेका छन्।

शनिबार भएको विभत्स घटनालाई लिएर अमेरिकी विदेश मन्त्री एन्टोनी जे ब्लिकेनले म्यानमारको सुरक्षा दस्ताले गरेको आक्रमणले आफूहरू स्तब्ध भएको प्रतिक्रिया दिएका छन्।

‘सेनाले आफ्नो स्वार्थका लागि निहत्था जनताको प्राण लिइरहेका छन्। म्यानमारका जनताले सैनिक आतंकलाई नकारिरहेका छन्’, विदेशमन्त्रीले ट्विटरमार्फत भनेका छन्।

उनले पीडित परिवारप्रति गहिरो सम्बेदना व्यक्त गर्नुका साथै सेनाले निर्दोष नागरिकको हत्या गरिरहेको जानकारी दिएका छन्।

त्यस्तै बेलायतका राजदूत डेन चगले म्यामारका सेनाले निहत्था  नागरिकमाथि गोली चलाएर आफ्नो प्रतिष्ठा गुमाइरहेको आरोप लगाएका छन्।

म्याननमारका सेना प्रमुख मिन आङ्ग लाइङ्गले शनिबार राष्ट्रिय टेलिभजनबाट सम्बोधन गर्दै सेनाले लोकतन्त्र रक्षा गरिरहेको अभिव्यक्ति दिएका थिए।

‘लोकतान्त्रिक प्रणालीमार्फत चुनिएकी नेतृ आङसाङ सुकी र उनको पार्टीले गैर कानुनी कार्य गरेकाले सेनालाई सक्तामा आउनु परेको लाइङ्गको भनाई छ।

उनले देशमा चुनाव गराउने भने पनि कहिले गराउने भन्नेबारे केहि खुलाएनन्।

लाइङ्गले आफूले प्रदर्शनकारीमाथि गोली चलाउने आदेश दिए नदिएको भन्नेबारे मुख खोलेका छैनन्। 

प्रदर्शनकारीको तर्फबाट पहिले गोली चलेको उनको दावी छ।

सेना प्रमुखले सर्वसाधारणलाई चेतावनी दिँदै प्रदर्शनमा ज्यान गुमाएकाहरूबाट पाठ सिक्न भन्दै प्रदर्शनमा नआउन नागरिकलाई चेतावनी दिएका छन्।

प्रदर्शनकारीले सेनाले जननिर्वाचित सरकारलाई पुर्नबहाली गरि लोकतन्त्रको रक्षा गर्नुपर्ने माग गर्दै आएका छन्।

प्रकाशित: Mar 28, 2021| 05:55 आइतबार, चैत १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।