शुक्रबार, असोज ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • राजस्व अनुसन्धान विभागद्वारा ९ जनाविरुद्ध पौने ३ अर्ब दाबीसहित मुद्दा 

राजस्व अनुसन्धान विभागद्वारा ९ जनाविरुद्ध पौने ३ अर्ब दाबीसहित मुद्दा 

राजस्व अनुसन्धान विभागले २ अर्ब ७३ करोड ४४ लाख ५९ हजार माग दाबीसहित ९ वटा विभिन्न कम्पनीमाथि अदालतमा मुद्दा दर्ता गरेको छ। 
 |  शुक्रबार, चैत १३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १३, २०७७

काठमाडौं- राजस्व अनुसन्धान विभागले २ अर्ब ७३ करोड ४४ लाख ५९ हजार माग दाबीसहित ९ वटा विभिन्न कम्पनीमाथि अदालतमा मुद्दा दर्ता गरेको छ। 

ती कम्पनीविरुद्ध विभागले बुधबार र शुक्रबार उच्च अदालत पाटनमा झुटा तथा नक्कली भ्याट बिल प्रयोग गरी राजस्व छली आरोपमा मुद्दा दायर गरेको हो। 

विभागले चैत ११ गते रेणु ट्रेड इन्टरप्राइजेज समेतका ४ वटा फर्मविरुद्ध २ अर्ब १७ करोड ४५ लाख १८ हजार १०७ विगो असुल गरी उक्त फर्मका कारोबार सञ्चालक, बैंक खाता सञ्चालक तथा प्रोप्राईटरहरुलाई जरिवाना र कैद मागदाबीसहित उच्च अदालत पाटनमा मुद्दा दर्ता गराएको छ। 

त्यस्तै चैत १३ गते ओम श्रीराम इन्टरप्राइजेज समेतका ५ वटा फर्महरुले ५६ करोड ९ लाख ४० हजार ८९६ रुपैयाँ बिगो असुल गरी ती फर्महरुका कारोबार संचालक र प्रोप्राईटर तथा बैक खाता सञ्चालकहरुलाई जरिवाना र कैद मागदाबी गर्दै उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको जनाएको छ। 

विभागका अनुसार ९ फर्मले नक्कली भ्याट विल प्रयोगगरी २ अर्ब ७३ करोड ४४ लाख ५९ हजार ३ रुपैयाँ राजस्व छली गरेका छन्। 

यी फर्महरुले मालवस्तु खरिद तथा आयात नगरी, झुटा खरिद देखाई विभिन्न फर्महरुलाई बिक्री बिजक जारी गरी उक्त फर्महरुबाट बिक्री रकम भुक्तानी लिई सो बिजकमार्फत् असुल गरेको, मूल्य अभिवृद्धि कर रकम सरकारी कोषमा दाखिल नगरेको र विभिन्न फर्महरुलाई नक्कली एवम् झुटा बिजक उपलब्ध गराई जालसाजी गरी मूल्य अभिवृद्धि कर, आयकर र लाभांश करसमेतको राजस्व चुहावट गरेको अनुसन्धानबाट पुष्टी भएपछि मुद्दा दर्ता गरिएको विभागले जनाएको छ।

प्रकाशित: Mar 26, 2021| 12:55 शुक्रबार, चैत १३, २०७७
प्रतिक्रिया दिनुहोस्