शुक्रबार, असोज ९, २०८३

घाटामा गएको आयल निगम कर्पोरेट बिल्डिङ बनाउँदै

नेपाल आयल निगमले १० तले ‘कर्पोरेट बिल्डिङ’ निर्माणको प्रक्रिया अगाडि बढाएको छ।
 |  शुक्रबार, चैत १३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १३, २०७७

काठमाडौं– नेपाल आयल निगमले १० तले ‘कर्पोरेट बिल्डिङ’ निर्माणको प्रक्रिया अगाडि बढाएको छ। निगमले टेन्डर प्रक्रियामार्फत कर्पोरेट बिल्डिङ निर्माणको प्रक्रिया अगाडि बढाएको हो। 

पेट्रोलियम पदार्थ बिक्रीमा नोक्सानी बेहोरिरहेको दाबी गरिरहेकै बेला निगमले कर्पोरेट भवन निर्माणको प्रक्रिया अगाडि बढाएको छ। भवन निर्माणका लागि टेन्डर आह्वान गरिएको छ।

परेका आवेदनको मूल्यांकन गरिने र त्यसपछि बाँकी प्रक्रिया अगाडि बढाउने निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए।

निगम घाटामा गइरहेकै अवस्थामा भवन निर्माणको प्रक्रिया अगाडि बढाउनु कत्तिको जायज होला ? भन्ने जिज्ञासामा कार्यकारी निर्देशक पौडेलले नीति तथा कार्यक्रममै समेटिएको काम भएकाले निगमको घाटा–नाफासँग सरोकार नहुने बताए। ०७२ सालमा गएको भूकम्पका बेला निगमको भवन चर्केको र सरकारले नै रातो स्टिकर टाँसेका कारण भवन निर्माण अनिवार्य रहेको उनको भनाइ थियो। 

नयाँ भवन निर्माणको प्रशासनिक काम निगमकै टेकु कार्यालयबाट हुने पौडेलले बताए। भवन निर्माणका लागि निगमले करिब पौने २ अर्ब रुपैयाँ लागत अनुमान गरेको छ। भवन निर्माणका लागि ५ वर्षअघि नै पारमर्शदाता छनोट गरिएको र सोही समयमा डिजाइनसमेत गरिएको निगम कार्यकारी निर्देशक पौडेलले बताए।

प्रकाशित: Mar 26, 2021| 11:07 शुक्रबार, चैत १३, २०७७
प्रतिक्रिया दिनुहोस्