शुक्रबार, असोज ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • पाँच लाख ९४ हजारले पाए ज्योति लाइफ इन्स्योरेन्सको सेयर

पाँच लाख ९४ हजारले पाए ज्योति लाइफ इन्स्योरेन्सको सेयर

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आईपीओ) बाँडफाँड भएको छ।
 |  शुक्रबार, चैत १३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १३, २०७७

काठमाडौं– ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आईपीओ) बाँडफाँड भएको छ। आवेदकमध्ये ५ लाख ९४ हजार जनाले १० कित्ताका दरले सेयर पाएका छन्।

ज्योति लाइफको सेयरका लागि १८ लाख ४२ हजार ४९६ जनाले आवेदन दिएका थिए। यो संख्या हालसम्मकै उच्च हो। 

कुल आवेकदमध्ये ३२.२४ प्रतिशतले सेयर पाएका छन्। नतिजा यहाँबाट हेर्न सकिन्छ।

नयाँ जीवन बिमा कम्पनीमध्ये यसअघि प्रभु र रिलायन्स लाइफले आईपीओ जारी गरिसकेका छन्। 

आइएमई, युनियन, रिलायबल, सिटिजन, सन नेपाल, सानिमा र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी आईपीओका लागि पाइपलाइनमा छन्।
 

प्रकाशित: Mar 26, 2021| 08:00 शुक्रबार, चैत १३, २०७७
प्रतिक्रिया दिनुहोस्