काठमाडौं– सिद्धार्थ बैंक लिमिटेडले ०७७ चैत १३ गतेदेखि विदेशी मुद्राको भुक्तानी गर्न अझै सहज, आधुनिक र विश्वस्तरीय बनाउने उद्देश्यले सिद्धार्थ इकम कार्डको सुरुवात गरेको छ।
यस सुविधा सञ्चालनपश्चात् सिद्धार्थ बैंकका ग्राहकले नेपाली रुपैयाँलाई अमेरिकी डलर ५०० वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्राको सटही गरेर सिद्धार्थ बैंकको इकम कार्ड प्रयोग गरी नेपालबाटै विदेशमा भुक्तानी गर्न सक्नेछन्।
कार्ड जारी गर्दा प्रयोगकर्ताको ग्राहक पहिचान विवरण अद्यावधिक भएको तथा सम्बन्धित प्रयोगकर्ताले स्थायी लेखा नम्बर लिएको हुनुपर्नेछ। प्रयोगकर्ताले एकै पटक वा पटक–पटक गरी एक वर्षमा बढीमा अमेरिकी डलर ५०० वा सो बराबरको परिवर्त्य मुद्रा जम्मा गर्न सक्नेछन्।