काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकले जर्मन सरकारबाट केएफडब्लु बैंक मार्फत प्राप्त अनुदान सहयोगमा संचालित इनर्जी इफिसियन्सीको अनुदान सहयोग कार्यक्रम अन्तर्गत रकम हस्तान्तरण गरेको छ।
बैंकले सुजल डेरी प्रा.लि.लाई १५ लाख ३५ हजार ९ सय ९५ रुपैँया, गोल्डेन स्टार सोप इन्डष्ट्रिजलाई ४ लाख ६७ हजार ५ सय ५७ रुपैयाँ रकम हस्तान्तरण गरेको छ ।
मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी कम्पनीहरुले यन्त्र उपकरण जडान गरेको हुँदा स्विकृत अनुदान कार्यविधि अनुसार अनुदान सहयोग सम्झौता आदान प्रदान तथा अनुदान रकमको चेक बुधबार एक समारोहका बीच हस्तान्तरण गरिएको हो ।