काठमाडौं– नेपाल बैंक लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक समूह अन्तर्गतको ४ लाख ६८ हजार ८ सय २८ कित्ता सेयर बिक्री गर्ने भएको छ।
बैंकले जारी गरेको सूचना अनुसार उक्त संस्थापक सेयरको न्यूनतम मूल्य रु. १ हजार ५ सय दुई रुपैयाँ पचास पैसा तोकिएको छ।
सेयरमा न्यूनतम १०० कित्ताको लागि आवेदन दिन सकिने छ। उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापकहरु वा व्यक्ति, कम्पनी, संघ, संस्थाहरु योग्य रहने बैंकले जनाएको छ।
०७७ चैत ३ गतेदेखि १७ गतेसम्ममा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाटमा पुग्ने गरी प्रति कित्ता आपूmले लिन चाहेको दररेटका साथ सम्पूर्ण विवरण खुलाई शिलबन्दी बोलपत्र मार्फत आवेदन पेश गर्न सकिने जनाइएको छ।