शुक्रबार, असोज ९, २०८३

सुनको मूल्य घट्यो, आजको बजार भाउ कति?

आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। बिहीबार ८६ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार ६ सय रुपैयाँले घटेको हो।
 |  शुक्रबार, चैत १३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १३, २०७७

काठमाडौ - आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ।

बिहीबार ८६ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार ६ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार ८६ हजार ४५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज ८५ हजार ८५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। 

आज चाँदीको मूल्य भने स्थिर छ। चाँदी शुक्रबार प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित: Mar 26, 2021| 06:38 शुक्रबार, चैत १३, २०७७
प्रतिक्रिया दिनुहोस्