बिहीबार, फागुन २८, २०८२

चिठी लेखेर के भने मोदीले इमरान खानलाई ?

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई चिठी लेखेका छन्।
 |  बुधबार, चैत ११, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत ११, २०७७

काठमाडौं– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई चिठी लेखेका छन्। 

National life

पाकिस्तानी स्वतन्त्रता दिवसको अवसरमा बधाई दिँदै उनले आफ्नो समकक्षीलाई चिठी लेखेका हुन्। छिमेकी देशको रुपमा पाकिस्तानी जनता खुसी रहुन् भन्ने कामना मोदीले गरेका छन्।

दुई देशबीच मित्रताका लागि विश्वास र भरोसाको वातावरण हुनुपर्ने मोदीले बताएका छन्। मोदीले खानलाई कोरोना महामारीसँग जुध्नका लागि पनि शुभकामना दिएका छन्। केही दिनअघि कोरोना भाइरसको संक्रमण हुँदा पनि मोदीले खानलाई शिघ्र स्वास्थ्य लाभको कामना गरेका थिए।

एक आपसमा लड्दै आएका भारत र पाकिस्तानबीच अहिले संघर्षविराम भएका छन्। दुवै तर्फबाट युद्धविरामको पूर्ण रुपमा पालना भइरहेको बताइएको छ। 
 

प्रकाशित: Mar 24, 2021| 02:50 बुधबार, चैत ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।