काठमाडौं– संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यको बुल्डर सहरमा अन्धाधुन्ध गोली चल्दा कम्तीमा १० जनाको ज्यान गएको छ।
बोल्डरका प्रहरी प्रमुख मारिस हेरोल्डका अनुसार किङ सोपरस सुपरमार्केटमा स्थानीय समयअनुसार सोमबार अपराह्न भएको गोलीबारीमा १० व्यक्तिको मृत्यु भएको हो।
कोलोराडो गभर्नर जारेड पोलिसले १० व्यक्तिको ‘मूर्खतापूर्ण हत्या’ भएको भन्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन्।
उनले भनेका छन्, ‘आज हामीले दुष्टको अनुहार देख्यौं। म, मेरो समुदाय र सबै कोलोराडोबासी शोकमा छों।’।
घाइतेहरूको उपचार भइरहेको छ।
बोल्डर काउन्टीका जिल्ला वकिल माइकल डोगर्टीका अनुसार घटनाको अनुसन्धानमा स्थानीय, राज्य र संघीय सरकारका अनुसन्धान अधिकारीहरू सहभागी हुनेछन्। एएफपी