मंगलबार, साउन १९, २०८३

सीटीईभीटीको परीक्षा छुटेका विद्यार्थीले फेरि परीक्षा दिन पाउने

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यलयले कोरोना संक्रमणका कारण नियमित तथा आंशिक परीक्षा दिन नपाएका विद्यार्थीहरुलाई पुनः परीक्षा दिन पाउने व्यवस्था गरेको छ।
 |  सोमबार, चैत ९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत ९, २०७७

काठमाडौं- प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यलयले कोरोना संक्रमणका कारण नियमित तथा आंशिक परीक्षा दिन नपाएका विद्यार्थीहरुलाई पुनः परीक्षा दिन पाउने व्यवस्था गरेको छ।

परिषद्ले डिप्लोमा, प्रमाण पत्र तह तथा प्रिडिप्लोमा तहको परीक्षाको समयमा संक्रमित भई नियमित र आंशिक परीक्षा दिन नपाएका विद्यार्थीहरुलाई फेरि परीक्षा दिने व्यवस्था गरेको हो।

सीटीईभीटीले परीक्षा सञ्चालन भएको समयमा कोभिड १९ संक्रमण भएको र पछि संक्रमणमुक्त भएको ल्याबको रिपोर्टसहित चैत्र २३ गतेभित्र परीक्षा आवेदन फारम भरिसक्न सूचित गरेको छ।

त्यस्तै परीक्षाको प्रवेश पत्र, सम्बन्धित विद्यार्थीको निवेदन र शिक्षण संस्थाले व्याहोरा खुलेको सिफारिस पत्र संलग्न गराई परिषद्को प्रदेश कार्यालयमा दर्ता गराउन सीटीईभीटीको परीक्षा नियन्त्रण कार्यालयले सूचित गरेको छ।

No description available.

प्रकाशित: Mar 22, 2021| 09:28 सोमबार, चैत ९, २०७७
प्रतिक्रिया दिनुहोस्