आइतबार, वैशाख २७, २०८३

ब्राजिलमा कोरोनाबाट एकैदिन १३०० जनाको मृत्यु

ब्राजिलमा कोभिड–१९ को संक्रमणबाट एकै दिनमा १२ सय ९० जनाको ज्यान गएको छ। 
 |  सोमबार, चैत ९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत ९, २०७७

ब्राजिलमा कोभिड–१९ को संक्रमणबाट एकै दिनमा १२ सय ९० जनाको ज्यान गएको छ। 

National life

योसँगै ब्राजिलमा अहिलेसम्ममा ज्यान जाने व्यक्तिको संख्या २ लाख ९४ हजार नाघेको छ। यसैगरी संक्रमितको संख्या करिब १ करोड २० लाख पुगेको छ। ब्राजिलमा कोरोनाको नयाँ प्रजातिको भाइरस सक्रिय भएको बताइएको छ।

त्यहाँ प्रति एक लाखमध्ये ५ हजार ४८२ जनामा यो संक्रमण हुने गरेको छ। त्यसैगरी प्रति एक लाखमध्ये १३३ जनाको ज्यान गएको छ।

ब्राजिलको साओ पाओलो सहर सुरुदेखि कोरोना संक्रमणको केन्द्रबिन्दु बनेको छ। सहरका स्वास्थ्य संस्थाहरु भरिएका छन् भने ती संस्थाका करिब ९१ प्रतिशत आकस्मिक कक्षहरु पनि भरिएको पाइएको छ।

यसअघि ब्राजिलमा कोरोनाको मृत्यु दर ६० वर्षभन्दा माथिका नागरिकको बढी रहेकोमा पछिल्लो समय भने ६० वर्षभन्दा कम उमेरका नागरिकको मृत्यु दर बढेको छ।

–रासस

प्रकाशित: Mar 22, 2021| 06:54 सोमबार, चैत ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।