बुधबार, चैत ११, २०८२

चेन्नईले जित्यो आईपीएल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं । इन्डियन प्रिमियर लिग(आईपीएल)को उपाधी चेन्नई सुपर किङ्सले जितेको छ । यो जीतसँगै चेन्नईले तेस्रो पटक आईपीएलको उपाधी कब्जा गरेको छ । सातौं पटक फाइनल खेल्दा चेन्नर्इले तीन खेल मात्र जितेको छ । आइतबार भएको खेलमा सनराइजर्स हैदराबादलाई ८ विकेटले हराउँदै चेन्नई प्रतियोगिताको च्याम्पियन बनेको हो ।

एक सय ७९ रनको लक्ष्य पछ्याएको चेन्नईले १८ ओभर तीन बलमा दुई विकेट गुमाएर एक सय ८२ रन बनाउँदै विजयी बन्यो । चेन्नईलाई विजयी बनाउन वाट्सन र सुरेश रैनाले दोस्रो विकेटका लागि १ सय १७ रनको साझेदारी गरेका थिए। 

वाट्सनले ५७ अबल खेल्दै ११ चौका र आठ छक्काको मद्दतमा एक सय १७ रनको महत्वपूर्ण योगदान गरेका थिए । यो सिजन वाट्सनको यो दोस्रो शतक हो । रैनाले ३४ बलमा तीन चौका र एक छक्कासहित ३२ रन जोडे । 

अम्बाती रायडु १६ रनमा अविजित रहँदा अर्का ओपनर फाप्डुप्लेसिसले १० रन बनाए । हैदराबादका लागि सन्दीप शर्मा र कालोर्सस बर्थवाइटले समान एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हैदराबादले नियमित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय सय ७८ रन बनाएको थियो । ओपनर श्रीवत्स गोस्वामी पाँच रनमै आउट भए पनि अनुभवी ब्याट्सम्यानद्वय शिखर धवनले २६ र विलियमसनले ४७ रनको पारी सम्हालेका थिए । 

विलियमसनले आफ्नो ३६ बलको पारीमा दुई छक्का र पाँच चौका प्रहार गरेका थिए । युसुफ पठानले २५ बलमा ४५ रन बनाउँदै हैदराबादलाई प्रतिस्पर्धात्मक लक्ष्यतर्फ पुर्‍याएका थिए । मिडल अर्डरमा शकिब अल हसनले १५ बलमा २३ रन बनाए ।

कार्लोस ब्रेथवेटले ११ बलमा छ रन जोडे भने दिपक हुडा तीन रनमा आउट भएका थिए । चेन्नाईका लागि लुङी एन्गिडीले किफायती बलिङ गर्दै एक विकेट लिए भने करन शर्मा, ड्वेन ब्राभो र रविन्द्र जडेजाले पनि समान एक-एक विकेट लिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।