मंगलबार, साउन १९, २०८३

त्रिवि शिक्षाशास्त्र संकायको एफफिलमा भर्ना खुल्यो 

त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायअन्तर्गत सञ्चालित ग्राजुएट स्कुल अफ एजुकेसनले एमफिल तहको नयाँ भर्ना आवेदन खुलाएको छ। 
 |  आइतबार, चैत ८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत ८, २०७७

काठमाडौं – त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायअन्तर्गत सञ्चालित ग्राजुएट स्कुल अफ एजुकेसनले एमफिल तहको नयाँ भर्ना आवेदन खुलाएको छ। 

स्कुल अफ एजुकेसनले उक्त फारामको शुल्क १५ सय रुपैयाँ तोकेको छ। यस्तै प्रस्ताव मूल्यांकन शुल्क पाँच हजार शिक्षाशास्त्र संकाय डिनको कार्यालयमा बुझाउनु सूचित गरेको छ। विद्यार्थीले प्रवेश परीक्षा फाराम चैत १५ गते भित्र बुझाइसक्नुपर्नेछ।

एमफिलमा भर्ना हुनका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट शिक्षाशास्त्रमा न्यूनतम द्वितीय श्रेणीमा वा ‘बी’ गे्रडमा स्नातकोत्तर (एमएड) तह उत्तीर्ण गरेको वा सोसरह ग्रेड प्वाइन्ट प्राप्त गरेका हुनुपर्ने शिक्षाशास्त्र विभागले जनाएको छ। 

त्रिवि वा मान्यता प्राप्त शिक्षण संस्थाबाट शिक्षाशास्त्रबाहेकका कुनै पनि विषयमा न्यूनतम द्वितीय श्रेणीमा वा ‘बी’ ग्रेडमा स्नातकोत्तर तह उत्तीर्ण विद्यार्थीले पनि फाराम भर्न पाउनेछन्।

शिक्षाशास्त्र संकाय डिनको कार्यालयले स्नातकोत्तर उत्तीर्ण गरेका विद्यार्थीलाई एकीकृत एमफिल र पीएचडीमा भर्ना लिन सञ्चालन गरेको प्रवेश परीक्षामा उत्तीर्ण भएका र मेरिटका आधारमा छनोटमा परेका विद्यार्थीले डिनको कार्यालयले निर्धारण गरेको शुल्क बुझाएर एमफिल कार्यक्रममा भर्ना हुन पाउने व्यवस्था गरेको छ।


 

प्रकाशित: Mar 21, 2021| 09:14 आइतबार, चैत ८, २०७७
प्रतिक्रिया दिनुहोस्