आइतबार, मंसिर २८, २०८२
  • गृहपृष्ठ
  • समाज
  • लामखुट्टेको विषादी छर्किंदा सिंगो गाउँमा स्वास्थ्य समस्या

लामखुट्टेको विषादी छर्किंदा सिंगो गाउँमा स्वास्थ्य समस्या

जलेश्वर–५ का पर्सा, पतैली, चौरिया र विसनपुर गाउँमा केही दिनअघि वडा कार्यालयले औषधी छर्कन लगाएको थियो। औषधी छर्किएको केही घण्टा नबित्दै स्थानीयमा समस्या देखिन थालेको बताइएको छ।
 |  आइतबार, चैत ८, २०७७

जयन्त ठाकुर

जयन्त ठाकुर

आइतबार, चैत ८, २०७७

जनकपुरधाम– गर्मी महिनाको आगमनसँगै तराई–मधेशका जिल्लाहरुमा लामखुट्टेको आतंक सुरु हुन्छ। यसबाट बच्न प्रत्येक वर्ष स्थानीय पालिकाहरुले लामखुट्टेको औषधी छर्कने गर्छन्। विषादीले केही हदसम्म लामखुट्टेको प्रकोप नियन्त्रण पनि हुन्छ।

National life

तर, महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर ५ मा भने समस्या झन् बढेको छ। म्याद गुज्रिएको औषधी छर्किएपछि स्थानीयमा अनेक स्वास्थ्य समस्या देखिएको छ।

जलेश्वर–५ का पर्सा, पतैली, चौरिया र विसनपुर गाउँमा केही दिनअघि वडा कार्यालयले औषधी छर्कन लगाएको थियो। औषधी छर्किएको केही घण्टा नबित्दै स्थानीयमा समस्या देखिन थालेको बताइएको छ। विशेषगरी बालबालिकामा रुने, जिउ चिलाउने, वान्ता हुने, जिउ फुल्नेजस्ता समस्या देखिएको छ।

स्थानीय स्वास्थ्यकर्मी सरोज चौधरीका अनुसार मानिसलाई मात्र नभई पशु–चौपायामा समेत त्यसको असर परेको छ। उनले भने, ‘गाउँलेहरुले एकाएक सिट्रिच, सिटामोल आदि औषधी खोज्न थालेपछि मात्रै म्याद गुज्रिएको औषधी छर्किएपछि यस्तो समस्या उत्पन्न भएको थाहा पाएँ।’ चिलाउने, जिउ फुल्नेजस्ता समस्या आएपछि खोज्दै जाँदा म्याद गुज्रिएको औषधी छर्किएको थाहा पाएको उनले सुनाए।

जलेश्वर–५ का स्थानीय शत्रुध्न शर्माले भने, ‘लामखुट्टेको औषधी छर्किएको केही घण्टा नबित्दै गाउँमा त्रास मच्चियो। चिलाउने, ज्वरो आउने, बालबच्चा रुने समस्या सुरु भयो। वडा कार्यालयले लामखुट्टेको औषधी छर्केको थियो। लामखुट्टेको आतंक त कम भएन नै, उल्टो गाउँलेहरुमा विभिन्न समस्या देखिन थाल्यो।’

Laxmi sunrise bank
kumari

जलेश्वर नगरपालिका–५ का वडाध्यक्ष राकेश राउतले भने लामखुट्टेको विषादीका कारण समस्या नआएको दाबी गरेका छन्। उनले म्याद गुज्रिएको औषधी छर्किनुका कारण समस्या देखिएको नभई आवश्यक मात्राभन्दा बढी प्रयोग गरिएकोले समस्या आएको हुनसक्ने बताए।

वडाध्यक्ष राउतले भने, ‘८ लिटर पानीमा एउटा प्याकेट मिलाउनुपर्नेमा त्यसभन्दा बढी प्याकेट मिसाइएकाले यो समस्या आएको हुन सक्छ। यकिन जानकारी त मलाई पनि छैन।’

विषादीको प्याकेटमा उत्पादन मिति सेप्टेम्बर २०१८ लेखिएको छ र त्यसको दुई वर्षसम्म प्रयोग गर्न सकिने उल्लेख छ। यसअनुसार उक्त विषादीको प्रयोग सेप्टेम्बर २०२० सम्ममा भइसक्नुपर्ने हो। तर, वडाध्यक्ष राउतले भने प्रयोग गर्ने समयमा विषादीको म्याद गुज्रिन दुई महिना बाँकी नै रहेको दाबी गरेका छन्।

प्रकाशित: Mar 21, 2021| 07:07 आइतबार, चैत ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।