मंगलबार, भदौ १६, २०८३

मोरङमा भेदभावविरुद्धको जागरण अभियान सुरु

मोरङमा तीन महिने जातीय भेदभावविरुद्धको जागरण अभियान शुरु भएको छ। अभियानको प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले शुभारम्भ गरेका छन्।
 |  शनिबार, चैत ७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत ७, २०७७

विराटनगर- मोरङमा तीन महिने जातीय भेदभावविरुद्धको जागरण अभियान शुरु भएको छ। अभियानको प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले शुभारम्भ गरेका छन्।

प्रदेश प्रमुख अधिकारीले आफू दलित छुवाछुत मुक्तिको आन्दोलनको अग्रपंतीमा रहेको चर्चा गरे। उनले जनताको सरकार भएको वर्तमान अवस्थामा जातीय छुवाछुतविरुद्ध निर्भिक रुपमा  नागरिक समक्ष जानु पर्ने बताए।

दलित आन्दोलनका अभियन्ता संघीय सांसद मीन विश्वकर्माले ‘जातपात मान्ने छैनौँ, सँगै बसौँ सँगै खाऔँ’ अभियान सञ्चालन गर्न सबै राजनीतिक दलहरुलाई आग्रह गरे। मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले कानूनले सबै नागरिक समान भए पनि यदाकदा जातीय विभेद र भेदभावका कुरा सुन्नमा आएकाले त्यसलाई कानूनले निस्तेज गर्ने बताए।

५६ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवसको सन्दर्भ पारेर मोरङको बुढीगंगाबाट अभियानको थालनी गरिएको हो। अभियान प्रहरी र दलित अधिकारको वकालत एवम् जातीय भेदभावविरुद्ध क्रियाशील रिडेफ नेपाल नामक संस्थाले संयुक्त रुपमा सञ्चालन गर्नेछन्।

जातीय भेदभाव र छुवाछुतविरुद्ध बनेका ऐन कानुनको प्रभावकारी कार्यान्वयनका निम्ति अभियान फलदायी बन्ने अपेक्षा राखिएको रिडेफ नेपालका अध्यक्ष एवम् अधिकारकर्मी उमेश विश्वकर्माले बताए। छुवाछुतमुक्त मुलुक बनिसकेको नेपालमा जारी रहेको जातीय विभेद अन्त्य गर्नका लागि अभियानअन्तर्गत ग्रामीण भेगमा सामाजिक सचेतना फैल्याइने विश्वकर्माको भनाइ छ।

प्रत्येक वर्ष मार्च २१ का दिन अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस मनाउने गरिन्छ। 

संयक्त राष्ट्र संघले सन् १९६५ मा जातीय विभेद उन्मुलन सम्बन्धी महासन्धी पारित गरी जाति तथा रंगभेद उन्मुलन दिवसको रुपमा मनाउने घोषणा गरे पनि नेपालले भने सो महासन्धीलाई सन् १९७१ मा मात्रै अनुमोदन गरेको थियो। तर यो दिवस भने सन् १९६६ देखि हरेक वर्ष मार्च २१ मा मनाउने गरिन्छ। नेपाललाई विक्रम संवत २०६२–०६३ को जनआन्दोलनपछि पुनर्स्थापित संसदले २०६३ साल जेठ १६ गते छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको थियो।

प्रकाशित: Mar 20, 2021| 13:20 शनिबार, चैत ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।