मंगलबार, भदौ १६, २०८३

एमाले बैठक : आगामी बैठकका लागि नयाँ रुपरेखा तयार

नेकपा एमालेले पार्टीका आगामी बैठकहरुका लागि नयाँ रुपरेखा तयार गरेको छ। बैठकले स्थायी कमिटी बैठक अध्यक्ष र महासचिवले प्रस्ताव गर्ने निर्णय गरेको छ।
 |  शनिबार, चैत ७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत ७, २०७७

काठमाडौं- नेकपा एमालेले पार्टीका आगामी बैठकहरुका लागि नयाँ रुपरेखा तयार गरेको छ। बैठकले स्थायी कमिटी बैठक अध्यक्ष र महासचिवले प्रस्ताव गर्ने निर्णय गरेको छ।

त्यस्तै बैठकले बाँकी कार्य बिभाजन गर्न संगठन विभाग प्रमुख विष्णु पौडेल, शंकर पोखरेल र टोप बहादुर रायमाझीलाई १० दिनभित्र प्रस्ताव गर्ने निर्णय गरेको छ।

यस्तै बैठकले प्रदेश कमिटीको कमिटी बनाउँदा प्रदेशका इन्चार्ज सहइन्चार्ज संयोजक र सहसंयोजकको सिफारिसमा केन्द्रीय कमिटीले गर्ने निर्णय गरेको छ।

बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले जन संगठनको हकमा टोपबहादुर रायमाझीले सम्बन्धित जनसंगठनको इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष, सहअध्यक्ष, महासचिव पदाधिकारीसम्म सल्लाह गरेर सम्मेलन आयोजक समिति बनाउने निर्णय गरेको छ।

यस्तै प्रवास क्षेत्रको कमिटीको व्यवस्था गर्न बिन्दा पाण्डेले सम्बन्धित इन्चार्ज सहइन्चार्ज संयोजक सहसंयोजकसँग सल्लाह गरेर गर्ने निर्णय पनि बैठकले गरेको छ।

बैठकले महासचिवको नेतृत्वमा सचिवालयको व्यवस्थापनमा २२ अप्रिलका दिन मदननगर बल्खुमा पार्टी कार्यालय सिलन्यास गर्ने निर्णय पनि गरेको छ।

प्रकाशित: Mar 20, 2021| 12:01 शनिबार, चैत ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।