मंगलबार, भदौ १६, २०८३

मायाजालको बहानामा रकम असुल्ने महिला गिरोह पक्राउ

मायाजालको बहाना गरी लाखौं रकम असुलेको आरोपमा दुई महिला पक्राउ परेका छन्।
 |  बिहीबार, चैत ५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ५, २०७७

काठमाडौं– मायाजालको बहाना गरी लाखौं रकम असुलेको आरोपमा दुई महिला पक्राउ परेका छन्।

पुरुषलाई गेस्ट हाउसमा बोलाएर गोप्य रूपमा भिडियो खिचेर ब्ल्याकमेलिङ गरी पैसा असुलेको आरोपमा सुर्खेत घर भई हाल घट्टकुलो बस्दै आएकी लालसरी शाहीसहित दुई महिला पक्राउ परेका हुन्।

प्रहरीका अनुसार शाहीले कोटेश्वर बस्ने पुरुषलाई सुन्धारास्थित गेस्ट हाउसमा भेट्न बोलाएकी थिइन्। त्यसपछि कोठामा सँगै बसेको भिडियो गोप्य रूपमा साथीलाई रेकर्ड गर्न लगाएको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

सोही भिडियो म्यासेन्जरमार्फत पीडितलाई पठाएर ब्ल्याकमेलिङ गरी पटकपटक लाखौं रकम लिने कार्यमा संलग्न शाहीलाई अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

उनलाई सहयोग गर्ने सुर्खेतकै कल्पना हमाल पनि पक्राउ परेको महाशाखाले जनाएको छ।

शाही र कोटेश्वर बस्ने ५२ वर्षीय पुरूषबीच संस्थागत कामको सिलसिलामा एक वर्षअघि चिनजान भएको थियो।

उनले ती पुरुषलाई आफू सुन्धारास्थित होटलमा बसेको समयमा सबै पैसा हराएका कारण सहयोग गरिदिन बोलाएकी थिइन्। 

महाशाखाको विज्ञप्तिमा उल्लेख छ, ‘कोठामा जानासाथ उनले उक्त पुरूषको हात समाउने लगायतको काम गरेको समयमा उनकी साथीले भिडियो खिचेको, त्यसपछि भनेजति पैसा नदिए घरपरिवार साथै प्रहरीमा समेत उजुरी गरी फसाई दिने भन्दै रकम माग गर्न थालेकी थिइन्।’ 

यसरी ती महिलाले पटकपटक गरी तीन लाख दुई हजार पाँच सय लगेको अनुसन्धानबाट खुलेको छ। थप आठ लाख मागेपछि ती पुरुष प्रहरीमा पुगेका थिए।

लालसरी यसअघि राजु धिताललाई अपहरण गरी कर्तव्य गरेको अभियोगमा सात वर्ष जेल पेरकी थिइन्।

धिताललाई २०६६ मंसिरमा अपहरण गरी कर्तव्य गरेको घटनामा उनलाई बाँके जिल्ला अदालतबाट १४ वर्ष जेल सजाय भएको थियो। त्यसपछि उच्च अदालतको फैसलापछि एक लाख धरौटीमा छुटेकी थिइन्। 

वीरेन्द्रनगर नगरपालिकाका लेखापाल खेमराज शर्मालाई होटलमा भेट्न बोलाई फसाउन खोजेको आरोपमा दुवै जनाले सुर्खेत जिल्ला अदालतबाट तीन वर्ष ६ महिना जेल सजायको फैसला भोगेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

प्रकाशित: Mar 18, 2021| 12:57 बिहीबार, चैत ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।