आइतबार, वैशाख २७, २०८३

म्यान्मारमा भएको झडपमा कम्तीमा २१ जनाको मृत्यु

म्यान्मारको मुख्य सहर यंगुनमा भएको हिंस्रक झडपमा कम्तीमा २१ प्रदर्शनकारीको मृत्यु भएको छ।
 |  सोमबार, चैत २, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत २, २०७७

काठमाडौं – म्यान्मारको मुख्य सहर यंगुनमा भएको हिंस्रक झडपमा कम्तीमा २१ प्रदर्शनकारीको मृत्यु भएको छ।

National life

यद्यपि द असिस्टेन्ट एसोसियसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी)को माेनिटरिङ ग्रुपले भने आइतबार देशभर कम्तीमा ३८ जनाको मृत्यु भएको हुन सक्ने अनुमान गरेको छ। 

यंगुनबाहेक देशका अन्य क्षेत्रमा पनि मानिसहरू मारिएको हुन सक्ने ग्रुपको अनुमान छ । 

सुरक्षा अधिकारीहरूले यंगुनको हलिङ थारयार क्षेत्रमा प्रदर्शन गरिरहेका प्रदर्शनकारीमाथि गोली चलाएका थिए। 

प्रदर्शनकारीले पनि लाठी र चक्कुको प्रयोग गरेका थिए। 

चिनियाँ व्यवसायीमाथि हमला भएपछि सैन्य अधिकारीहरूले सो क्षेत्रमा मार्सल ल को घोषणा गरेका छन्। प्रदर्शनकारीहरूका अनुसार सेनालाई चीनले समर्थन दिइरहेको छ। 

फेब्रुअरी १ को सैन्य कु पछि म्यान्मारमा विरोध प्रदर्शन भइरहेको छ।

सेनाले नेतृ आङ सान सुकीलगायतका नेताहरूलाई गिरफ्तार गर्दै सत्ता आफ्नो हातमा लिएको थियो। 

गत वर्ष भएको चुनाव फर्जी भएको जनाउँदै सेनाले सत्ता आफ्नो हातमा लिएको हो। 

प्रकाशित: Mar 15, 2021| 02:48 सोमबार, चैत २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।