आइतबार, साउन १०, २०८३

प्रेम प्रस्ताव राख्दा विश्वविद्यालयबाट निष्कासित

पाकिस्तानको लाहौरमा प्रेम प्रस्ताव गर्ने विद्यार्थी युनिभर्सिटीबाट निकालिएका छन्। 
 |  शनिबार, फागुन २९, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २९, २०७७

काठमाडौं– पाकिस्तानको लाहौरमा प्रेम प्रस्ताव गर्ने विद्यार्थी युनिभर्सिटीबाट निकालिएका छन्। 

बीबीसीका अनुसार एक छात्राले अन्य विद्यार्थीका सामुन्ने घुँडा टेकेर आफ्नो प्रेमीलाई फूल दिनुका साथै अंगालो हालेकी थिइन्। त्यसपछि लाहौर युनिभर्सिटीले दुवैलाई निष्कासित गरेको छ। 

घटनापछि अनुशासन समितिले बयानका लागि बोलाएको तर नआएपछि उनीहरुलाई कारबाही गरिएको युनिभर्सिटीले बताएको छ। 

दुवै विद्यार्थीले ट्विटरमा एक अर्कालाई मेन्सन गर्दै आफूहरुले कुनै गलत काम नगरेको बताएका छन्। घटनाको बारेमा ट्विटरमा तीव्र प्रतिक्रिया आइरहेका छन्। कतिपयले विद्यार्थीको पक्षमा लेखेका छन् भने कतिपयले युनिभर्सिटीको कदमलाई सही भनेका छन्। 
 

प्रकाशित: Mar 13, 2021| 15:00 शनिबार, फागुन २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।