बिहीबार, असोज ३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • प्रदेशले बजेट नपठाउँदा राकमकर्णालीमा ट्रमा सेन्टर स्थापनामा ढिलाइ

प्रदेशले बजेट नपठाउँदा राकमकर्णालीमा ट्रमा सेन्टर स्थापनामा ढिलाइ

दुई वर्ष अघिदेखि चर्चामा रहेको ट्रमा सेन्टर स्थापनाको काम अझै भएको छैन। केन्द्र सरकारले ट्रमा सेन्टरको बजेट भर्खर आठविस नगरपालिकामा पठाएको छ। कर्णाली प्रदेश सरकारले भने अझै बजेट पठाउन सकेको छैन।
 |  शुक्रबार, फागुन २८, २०७७
nespernesper

देव राना

देव राना

शुक्रबार, फागुन २८, २०७७

सुर्खेत- कर्णाली राजमार्ग कर्णालीवासीको लाइफलाइनका हो। समृद्धिको आधार हो। तर पछिल्लो समय कर्णाली राजमार्ग मृत्युमार्गका रुपमा परिचित छ। भौगोलिक विकटता र स्तरोन्नति नहुँदा कर्णाली राजमार्गमा सवारी दुर्घटना बढ्दो छ। 

triton college

दुर्घटनापश्चात् उपचार अभावमा यात्रुको मृत्यु हुने घटना कर्णालीका लागि सामान्य जस्तै छ। भौगोलिक विकटताका कारण घाइतेलाई स्वास्थ्यचौकीसम्म पुर्‍याउन ढिलाइ हुनु र राजमार्गमा स्वास्थ्य संस्था नहुँदा घाइतेहरुले मृत्युको बाटो रोज्नुको विकल्प छैन।

बिहीबारमात्रै कर्णाली राजमार्गमा भएको बस दुर्घटनामा घाइते कोमल बिकको उपचारका लागि सुर्खेत ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको घटना पछिल्लो उदाहरण हो।

उसो त दुर्घटना न्यूनिकरणका लागि टाइम कार्ड लागू गरिएको छ। रातिको समयमा सवारी चलाउन प्रतिबन्ध लगाइएको छ। बढ्दो सवारी साधानको प्रयोग र चालकको असावधानीका कारण दुर्घटनाको जोखिम कायमै छ।

यही वास्तविकतालाई मध्यनजर गर्दै चालू आर्थिक वर्षमा केन्द्र र कर्णाली प्रदेश सरकारले कर्णाली राजमार्गको मध्यविन्दु दैलेखको राकमकर्णालीमा ट्रमा सेन्टर स्थापना गर्न कस्सिएका छन्।

Metro Mart
vianet

चालू आर्थिक वर्षमा केन्द्र सरकारले ५० लाख र प्रदेश सरकारले झण्डै डेढ करोड अर्थात् १ करोड ४० लाख बजेट विनियोजन गरेका छन्। तर दुई वर्ष अघिदेखि चर्चामा रहेको ट्रमा सेन्टर स्थापनाको काम अझै भएको छैन। केन्द्र सरकारले ट्रमा सेन्टरको बजेट भर्खर आठविस नगरपालिकामा पठाएको छ। कर्णाली प्रदेश सरकारले भने अझै बजेट पठाउन सकेको छैन।

केन्द्रले बजेट पठाएपछि नगरपालिकाले राकमकर्णाली स्वास्थ्यचौकीको स्तरोन्नति थालेको छ। ५० लाख बजेटबाट स्वास्थ्यचौकीको स्तरोन्नतिका लागि भौगर्भिक अध्ययन तथा भेन्टिलेटर, आईसीयूलगायतका उपकरणहरु थप्ने योजना बनाएको आठविस नगरपालिकाका प्रमुख खड्गराज उपाध्यायले बताए। 

स्तरोन्नति भएपछि स्वास्थ्यचौकीलाई ट्रमा सेन्टरका रुपमा सञ्चालन गरिनेछ। ट्रमा सेन्टरलाई लक्षित गरेर नगरपालिकाले आफ्नै १८ लाख ५८ लाख बजेट खर्च गरेर ल्याव, एक्सरे र भिडियो एक्सरे मेसिन खरिद गरिसकेको छ।

प्रदेश सरकारले बजेट नपठाउँदा अन्य केही अत्यावश्यक मेसिन खरिद गर्न समस्या भएको छ। ‘केन्द्रको बजेटले उपकरण खरिद गर्न लागेका छौँ, प्रदेशले त बजेट नै पठाएको छैन’ नगरप्रमुख उपाध्याय भन्छन्, ‘ठूलो रकम नपठाउँदा ट्रमा सेन्टर कहिले सञ्चालनमा आउँछ भन्ने अन्योल छ। अब बजेट आए पनि एउटै काम दुई पटक गर्नुपर्छ।’

प्रदेशले ट्रमा सेन्टरका लागि छुट्याएको बजेट प्राप्त नहुँदा स्वास्थ्यचौकीलाई कुन मोडलमा स्तरोन्नति गर्ने र कुन–कुन उपकरण खरिद गर्ने भनेर अन्योल भएको उपाध्यायले बताए। डेढ करोड बजेट समयमै प्राप्त नभएका कारण ट्रमा सेन्टर सञ्चालनमा ल्याउन ढिलाइ हुने उनको तर्क छ।

प्रदेश सरकारले ट्रमा सेन्टर स्थापना र सञ्चालनका लागि स्थानीय तहका पदाधिकारीसँग छलफल गरिसकेको छ। तर बजेट स्थानीय तहमा पठाउने टुङ्गो भने लगाउन सकेको छैन।

ट्रमा सेन्टरको विस्तृत योजना तयार हुनासाथ बजेट स्थानीय तहमा पठाउने प्रदेश सरकारले जनाएको छ। ‘ट्रमा सेन्टरको बिस्तृत परियोजना तयार भइसकेको छैन’ सामाजिक विकास मन्त्रालयका अधिकृत विनोद आचार्यले भने, ‘योजना तयार हुनसाथ बजेट स्थानीय तहमा पठाउँछौँ।’ 

कर्णाली राजमार्गको राकम कर्णालीमा ट्रमा सेन्टरका रुपमा स्तरोन्नति गरिन लागेको स्वास्थ्यचौकी राकमकर्णाली।

प्रकाशित: Mar 12, 2021| 12:00 शुक्रबार, फागुन २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।