बुधबार, चैत ११, २०८२

सन्दीपको खेलको चर्चाले परिवार दंग

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
चितवन । इण्डियन प्रिमियर लिग प्रतियोगितामा सानदार प्रदर्शनसँगै सामाजिक सञ्जाल मात्रै होइन, सञ्चारमाध्यममा पनि चर्चा बटुल्न सफल भए, सन्दीप लामिछाने । भारतमा रहेका उनी मात्रै चर्चामा रहेनन् चितवनमा रहेका उनको परिवार पनि सबैको चासो र चर्चामा रह्यो । 

पूर्वी चितवनको रत्ननगर नगरपालिका-८ को चित्रसारीमा सन्दीपको घर छ । त्यही घरमा उनका बुबाआमासँगै परिवार बसोबास गर्दछ । टेलिभिजनको पर्दामा सन्दीपको प्रदर्शन हेरेसँगै धेरैको चासो उनको परिवारसम्म पुग्यो । आफ्नो सन्तानको सफलतामा परिवार पनि निकै प्रसन्न हुनु स्वभाविकै हो । 

आइतबार साँझ आइपीएलको अन्तिम खेलमा मुम्बई इण्डियनविरुद्ध लामिछानेले तीन विकेट लिएपछि अझै उनको चर्चा बढेको छ । उनले खेल क्षेत्रमा गरेको प्रगतिप्रति उनका बुबाआमा दंग परेका छन् । सन्दीपका बुबा चन्द्रनारायण र आमा कोपिलादेवी लामिछाने निकै खुशी देखिए । 

'छोराले खेलकुदका क्षेत्रमा निकै ठूलो प्रगति गरेको देखेर दंग छौँ,' बुबा चन्द्रनारायणले भने । सानैदेखि खेलप्रति रुची राख्ने सन्दीपले १३ वर्षको उमेरदेखि क्रिकेट खेल्न लागेको उनले बताए । सन्दीपले पाएको सफलताको विषयमा कुरा उठाउँदा भारतीय रेल्वेसेवामा ३८ वर्ष सेवा गरेर फर्किनुभएका चन्द्रनारायणले सन्दीपको सफलता र खुशीले गर्व लागेको बताए । 

आइपीएलमा पाएको सफलताले सन्दीप अब देशकै छोरा भएको भन्दै भावुक हुँदै चन्द्रनारायणले भने, 'छोरा हामीले पाएका हौँ, तर पनि सन्दीप नेपाल आमाकै छोरा बनेको छ, मैले मेरो मात्रै छोरा भन्न अब पाइन ।' आफू पनि रेल्बे सेवामा काम गरेका कारण पढ्ने समयमा सन्दीपले निकै सम्झाएको स्मरण गर्दै उनले भने, 'खेलप्रति मेरो लगावको मूल्यांकन हुनेछ र म नेपालबाटै खेल खेल्नेछु, तपाईहरुको नैतिक, भौतिक र आर्थिक सबै सहयोग चाहिन्छ ।' 

लामिछाने परिवारले सन्दीपले यति छोटो समयमा यति ठूलो प्रगति गर्न सक्छ भन्ने सोचेको पनि थिएन । लामिछानेले आइपीएलमा गरेको उत्कृष्ट प्रदर्शनले तीन करोडभन्दा बढी नेपाली, सारा विश्वभरका क्रिकेटप्रेमीका बीचमा सन्दीपले देश चिनाएकोमा आफूलाई गर्व लागेको उनले बताए । 

आफ्नो चाहना इञ्जिनियर बनाउने भएपनि छोराको क्रिकेटमोह देखेर खुल्ला छोडेको बताउँदै उनले भने, 'अहिले त्यही स्वतन्त्रताले मेरो छाती फुलेको छ ।' सन्दीपले आइपीएलमा उत्कृष्ट प्रदर्शन गरेपछि सन्दीपका बारेमा सोधीखोजी गर्दै घरसम्म आउनेको संख्या बढ्दै गएको उनले बताए । आइपीएलमा दिल्ली डेयरडेभिल्सले २० लाख भारुमा सन्दीपलाई टिममा अनुबन्ध गरेको हो । 

सन्दीपले प्रतियोगिताको अन्तिम तीनखेल मात्र खेल्न पाउँदा बुबा चन्द्रनारायणलाई पनि केही ढिला खेलाएको अनुभूति भएको छ । बुबा चन्द्रनारायणले भने, 'सायद सन्दीपलाई पत्याएनन् होला, तर मौका आउँदा उसले आफ्नो क्षमता प्रदर्शन गरेरै देखायो ।' 

सन्दीप लामिछानेको जन्म स्याङ्जा जिल्लाको आरुचौर हाल अर्जुनचौपारी गाउँपालिकामा भएको हो । चन्द्रनारायणका पाँच सन्तानमध्ये सबैभन्दा कान्छा हुन्, सन्दीप । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।