बिहीबार, चैत १२, २०८२

टाउकोभन्दा ठूलो ट्युमरको शल्यक्रिया

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
टाउकोमा झण्डै फुटबलकै आकारको ट्युमर पलाएकी एक चार वर्षीया बालिकाले नयाँ जिवन पाएकी छिन् । भारतको उत्तरप्रदेशकी रेनु नामकी ती बालिकाको टाउकोबाट ट्युमर निकाल्न डाक्टरहरु सफल भएका हुन् ।

साढे पाँच पाउण्ड तौलको उक्त ट्युमर जुनसुकै बेला पनि फुट्न सक्ने खतरा थियो र दिनानुदिन बढ्दै थियो । ट्युमर फुटेमा ती बालिकाको रक्तश्रावका कारण ज्याने जाने जोखिम थियो ।

जन्मिँदा निकै सानो फोका मात्र उनको टाउकोमा थियो जसलाई बाबुआमाले खासै ध्यान दिएनन् । तर उनको उमेर बढ्दै जाँदा त्यो ट्युमरको आकार पनि बढ्दै गयो । उक्त ट्युमरमा सामान्य रुपमा छुँदा पनि उनलाई निकै पीडा हुन्थ्यो र उनी सुत्न पनि सक्दिनथिन् ।

रेनुको शल्यक्रिया गरेर ट्यमुर हटाउन महंगो पर्थ्यो, जुन पैसा उनको परिवारसँग थिएन । तर कुनै अपरिचितले उनको त्यो दर्दनाक तस्वीर खिचेर सोसल मिडियामा हालिदिए । जुन सामाजिक सञ्जालमा निक्कै भाइरल बनेको थियो । 

टाउकोमा पलाउने यस्तो ट्युमरलाई चिकित्सा भाषामा जाएन्ट अस्सिपिटल इन्सेफ्यालोसेल भनिन्छ । विश्वमा अहिलेसम्म केवल दुइजनामा मात्र यस्तो ट्युमर देखा परेको पाइएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्