बुधबार, असोज ७, २०८३

सुर्खेतमा ‘कुडा कर्णालीका’

सुर्खेतको बुलबुलेमा कर्णाली उत्सवको दोस्रो संस्करण आजबाट सुरु हुँदै छ। 
 |  बुधबार, फागुन २६, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २६, २०७७

सुर्खेत – सुर्खेतको बुलबुलेमा कर्णाली उत्सवको दोस्रो संस्करण आजबाट सुरु हुँदै छ। 

दिउँसो २ बजेदेखि सुरु हुने उत्सव फागुन २९ गतेसम्म सञ्चालन हुने छ। 

उत्सवमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, नेपाली कांग्रेसका नेता गगन थापालगायतका राजनीतिकर्मी, नीति निर्माणकर्ता, साहित्यकार तथा लेखकले बहस तथा अन्तरक्रिया गर्नेछन्।

कर्णालीको सभ्यता र संस्कृति देशभर चिनाउने र कर्णालीको सामाजिक, आर्थिक, सांस्कृतिक विकासको लागि सम्भावना खोजी गर्ने उद्देश्यले उत्सव आयोजना गरिएको हो।

उत्सवको पहिलो दिनमा विचार विमर्श, दोस्रो दिन ‘हाम्मो मान्नवी’, तेस्रो दिन ‘सुर्के थैली’ र चौथो दिन ‘कैथा नेता, कैथो नेतृत्व’ मूल शीर्षकमा छलफल र विचार विमर्श गरिने मूल आयोजक समिति संयोजक माधव चौलागाईले जानकारी दिए।

उत्सवमा छलफल गरिने विभिन्न १४ वटा मध्ये ‘मुख्य माण्ठ, मूल कुडा’ सत्रमा कर्णालीका मुख्यमन्त्री शाही र प्रदेश २ का मुख्यमन्त्री राउतसँग पत्रकार दिलभूषण पाठकले बहस गर्नेछन्।

‘कहरी सुकालो होला कइले जाला कैठ’ सत्रमा पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापा, संक्रमणरोग विशेषज्ञ डा.अनुप सुवेदी, जनस्वास्थ्यविज्ञ डा. सुरेश तिवारी र डा.दुर्गा थापाले छलफल गर्ने आयोजकले जनाएको छ।

‘पढ्नु पड्डो छः साक्षर शिक्षित र प्राज्ञिक कर्णाली’ सत्रमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंह, युवा राजनीतिज्ञ मिलन पाण्डे, वीरेन्द्रनगर उपप्रमुख मोहनमाया ढकालसँग पत्रकार राजेन्द्र बानियाँले बहस गर्नेछन्।

‘कर्णाली घुमाउँटो पड्यो’ सत्रमा योजनाविद् डा. दिनेशचन्द्र देवकोटा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा पुुष्पराज कँडेल, डा.रेणुराज अधिकारी र प्रदेश योजना आयोगका सदस्य योगन्द्र शाहीले बहसमा सहभागी हुनेछन्।

‘छाउ र भाउ’ सत्रमा लेखक राधा पौडेल, राजनीतिकर्मी विन्दा पाण्डे र स्वास्थ्यकर्मी नवराज केसीले पत्रकार कमल पन्थीसँग, ‘बाडो थाडो र ओटालो’ सत्रमा कर्णाली प्रदेश योजना आयोगका सदस्य दीपेन्द्र रोकाया, जुम्लाका गोविन्द नेपाली र समाजशास्त्री डा.टीकाराम गौतमले पत्रकार दीपा दाहालसँग र ‘आफ्नै कथा, आफ्नै बान्की’ सत्रमा साहित्यकार बुद्धिसागर, रंगकर्मी हीराबिजुली नेपाली, देउडा गायक नेत्रराज शाही, लेखक सरला गौतमसँग सञ्चारकर्मी भूपेन्द्र खड्कालगायतले विचार विमर्श गर्ने आयोजकले जनाएको छ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उद्घाटन गर्ने उत्सवको पहिलो दिन ‘कर्णाली किन घुम्ने’ विषयवस्तुमा कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिं बुढा, ‘कर्णाली चिनाउने योगी’ शीर्षकमा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.डा. जगतप्रसाद उपाध्याय, ‘सार्वजनिक नीति निर्माणमा सार्वजनिक बहसको महत्त्व’ शीर्षकमा प्रदेश योजना आयोगका उपाध्यक्ष डा.सर्वराज खड्का र ‘वीरेन्द्रनगरका वैभव’ शीर्षकमा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले विचार तथा धारणा राख्ने छन्।

उत्सवमा झण्डै ३० लाख रकम खर्च हुने आयोजकले अनुमान गरेको छ। 

‘कुडा कर्णालीका’ भन्ने मूल नाराका साथ सुरु हुने उत्सवको ऋति फाउण्डेशनको संयोजन गरेको हो।

प्रकाशित: Mar 10, 2021| 01:58 बुधबार, फागुन २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।