काठमाडौं– २७ फागुनमा परेको महाशिवरात्रिका लागि पशुपतिनाथको मन्दिर सजाइएको छ।
यस वर्षको महाशिवरात्रिमा तीनवटा बाहिरी मार्ग हुँदै पशुपतिनाथ मूल मन्दिर परिसरमा प्रवेश गर्न सकिने भएको छ।
कोरोना महामारीका कारण यस वर्ष सातदेखि आठ लाख भक्तजनले मात्र पशुपतिनाथमा दर्शन गर्ने प्रारम्भिक अनुमान गरिएको छl
बिहान चार बजेदेखि राति दर्शनार्थी नसकिएसम्म पशुपतिनाथका चारै ढोका खुला गरिने पशुपति विकास कोषले जनाएको छ। मास्कविना भक्तजनलाई मूल मन्दिर क्षेत्रमा प्रवेश निषेध गरिएको छ।