काठमाडौं– नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ।
आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थायी कमिटीको बैठक बस्न लागेको स्थायी कमिटी सदस्य पम्फा भुसालले जानकारी दिइन्।
‘विकसित राजनीतिक घटनाक्रम र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुनेछ,’ उनले भनिन्।
उनका अनुसार पार्टी संगठनका गतिविधि अघि बढाउने, सरकारलाई दिएको समर्थन फिर्ता लगायतका विषयमा पनि बैठकमा छलफल हुनेछ।
सर्वोच्च अदालतले ऋषि कट्टेलको नाममा दर्ता भएको नेपाल कम्युनिस्ट पार्टीलाई आधिकारिता प्रदान गरेपछि पूर्वएमाले र पूर्वमाओवादी ब्युँतिएका छन्।