मंगलबार, भदौ १६, २०८३

आर्मीको खराब ब्याटिङपछि पुलिसले पायो ८८ रनको लक्ष्य

जारी मेयर कपअन्तर्गत मूलपानी क्रिकेट मैदानमा भइरहेको खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३० ओभर एक बलमा स्तब्ध बनाउँदै ८७ रनमा समेटेको छ।
 |  मंगलबार, फागुन २५, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २५, २०७७

काठमाडौं - जारी मेयर कपअन्तर्गत मूलपानी क्रिकेट मैदानमा भइरहेको खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३० ओभर एक बलमा स्तब्ध बनाउँदै ८७ रनमा समेटेको छ।

घातक बलिङ गरेको पुलिसका अघि आर्मीका सोमपाल कामी, राजु रिजाल, हरि चौहान, राजेश पुलामी, कुशल मल्ल, शुसन भारी र विनोद भण्डारीले जोर अंकमा रन बनाउन सकेनन्।

त्यसमा कुशल मल्ल शून्य रनमै आउट भए भने शुसन भारीले एक रन बनाए।

आर्मीका लागि लोकेश बलले सर्वाधिक ३२ रन बनाए। रोहित पौडेल र विक्रम शोबले क्रमशः १३ र १४ रन जोडे।

यता टस हारेर बलिङ गरेको पुलिसका सागर ढकालले दुई मेडन राख्दै पाँच विकेट गिराए। चारको इकोनोमी प्रदान गरेका ढकालले १० ओभरमा ४० रन दिए।

त्यस्तै, अर्का बलर पवन सर्राफले तीन मेडन राख्दै तीन विकेट लिए। उनले पनि १० ओभर बलिङ गर्दै एक दशमलव चारको इकोनोमी प्रदान गरे।

पुलिसका ललित राजवंशीले दुई विकेट गिराए।
 

प्रकाशित: Mar 09, 2021| 06:05 मंगलबार, फागुन २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।