मंगलबार, भदौ १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नाम र चुनाव चिह्नबारे एमाले र माओवादी केन्द्रलाई पत्राचार गर्ने निर्वाचन आयोगको तयारी

नाम र चुनाव चिह्नबारे एमाले र माओवादी केन्द्रलाई पत्राचार गर्ने निर्वाचन आयोगको तयारी

निर्वाचन आयोगले नेकपा एमाले र माओवादी केन्द्रलाई नाम र चुनाव चिन्ह परिवर्तनका लागि सम्पर्कमा आउन आग्रह गर्दै पत्राचार गर्ने तयारी गरेको छ। 
 |  मंगलबार, फागुन २५, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २५, २०७७

काठमाडौं – निर्वाचन आयोगले नेकपा एमाले र माओवादी केन्द्रलाई नाम र चुनाव चिह्न परिवर्तनका लागि सम्पर्कमा आउन आग्रह गर्दै पत्राचार गर्ने तयारी गरेको छ। 

निर्वाचन आयोगको आज बैठक बसेर पत्राचार गर्ने तयारी भइरहेको छ। 

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आयोगको बैठक बसेर आवश्यक निर्णय भएपछि पत्राचार गरिने जानकारी दिए।

 ‘आज आयोगको बैठक बसेर निर्णय हुन्छ होला,’ उनले भने, ‘त्यसपछि दुवै पक्षलाई पत्राचार गरिन्छ।’ 

आयोगमा दर्ता भएका नेकपा एमाले र माओवादी केन्द्रको वैधानिकता के हुने भन्ने विषयमा पनि बैठकले निर्णय गर्नेछ। 

सर्वोच्च अदालतले नेकपाको नामको आधिकारिकता ऋषि कट्टेललाई दिने फैसला गर्दै नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकतापछि गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई खारेज गरिदिएको छ।

२०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्र एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राखेका थिए। निर्वाचन आयोगले पनि उक्त नाम दर्ता गरेको थियो। 

त्यसपछि आयोगको निर्णयविरुद्ध ऋषि कट्टेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

प्रकाशित: Mar 09, 2021| 04:46 मंगलबार, फागुन २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।