मंगलबार, भदौ १६, २०८३

शुक्लाफाँटामा चितुवा आतंक, त्रसित छन् स्थानीयवासी

चितुवाले दैनिक घरपालुवा जनावर गोठबाटै लगेर खान थालेपछि शुक्लाफाँटा नगरपालिका–२, लक्ष्मीपुरका बासिन्दा निकै चिन्तित भएका छन्। 
 |  मंगलबार, फागुन २५, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २५, २०७७

कञ्चनपुर - चितुवाले दैनिक घरपालुवा जनावर गोठबाटै लगेर खान थालेपछि शुक्लाफाँटा नगरपालिका–२, लक्ष्मीपुरका बासिन्दा निकै चिन्तित भएका छन्। 

गाउँनजिकैको लक्ष्मी मध्यवर्ती सामुदायिक वनबाट राति आउने चितुवाले स्थानीय बासिन्दाका गोठमा बाँधेका जनावर खान थालेको छ। 

बाख्रा, बङ्गुर र गाईलगायतका जनावर चितुवाले खान थालेको स्थानीयवासी परदेशी चौधरीले बताए। उनका अनुसार दुई साताको अवधिमै चितुवाले स्थानीयवासीको गोठमा बाँधेका एक दर्जनभन्दा बढी बङ्गुर र बाख्रा खाएको छ।

‘गाउँका बासिन्दाले पालेका कुकुरसमेत बाँकी राखेको छैन’, उनले भने, ‘राति कुन बेला आउँछ, पत्तो लाग्दैन। सामुदायिक वन छेउमा खाएको अवशेष मात्रै फेला पार्छौं।’

गए राति मात्रै ३५ हजार रूपैयाँ हालेर खरिद गरेको जर्सीगाई चितुवाले गोठमै छिरेर मारेको अवस्थामा फेला परेको स्थानीयवासी धनबहादुर चौधरीले बताए। 

‘चितुवाका कारण निकै नोक्सानी व्यहोर्नुपरेको छ, यसलाई नियन्त्रण नगरे मानवीय क्षतिसमेत निम्त्याउन सक्छ’, उनले भने। 

चितुवाको डरका कारण रातिको समय गाउँका बासिन्दाले हिँडडुलसमेत बन्द गरेका छन्। ‘दैनिक गाउँमै छिरेर घरपालुवा जनावर मारेर खान थालेको छ’, अशोक चौधरीले भने, ‘स–साना बालबालिकालाई समेत आक्रमण गर्ने सम्भावना भएकाले निकै त्रसित भएका छौं। गाउँमा चितुवाको त्रासले बस्न नसकिने अवस्था आउन थालेको छ।’

सामुदायिक वन संरक्षण गरी उपभोक्ताले हराभरा बनाएपछि चितुवालगायतका जनावर आउन थालेका हुन्। 

सम्बन्धित निकायसँग यस क्षेत्रका बासिन्दाले चितुवा नियन्त्रण गरी मानवीय क्षति हुनबाट जोगाउनका लागि माग गरेका छन्। रासस

प्रकाशित: Mar 09, 2021| 04:08 मंगलबार, फागुन २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।