मंगलबार, भदौ १६, २०८३

चार छोराछोरीसहित आमाले कर्णाली नदीमा हाम फालिन्

दैलेख आठबीस नगरपालिका–३, निमायलकी एक महिलाले चार छोराछोरीसहित कर्णालीमा हाम फालेकी छन्। 
 |  मंगलबार, फागुन २५, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २५, २०७७

सुर्खेत - दैलेख आठबीस नगरपालिका–३, निमायलकी एक महिलाले चार छोराछोरीसहित कर्णाली नदीमा हाम फालेकी छन्। 

दुई छोरी मृत अवस्थामा हात बाँधेको अवस्थामा फेला परेकी छन् भने तीनजना बेपत्ता छन्।

सोमबार साँझ अछामको पञ्चदेवल विनायक नगरपालिका–४ नजिकै दुई बहिनीको शव हात बाँधेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ। 

मृत फेला पर्ने आठवीस नगरपालिका–३, निमायलका स्थानीय मानसिंह बडुवालका १६ वर्षीया छोरी कल्पना बडुवाल र १२ वर्षीया सरिता बडुवाल रहेको प्रहरीले बताएको छ।

तीन छोरी र एक छोरासहित आमाले कर्णालीमा हाम फालेको थाहा पाएपछि अन्यको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक राजेश साहुले बताए।

प्रकाशित: Mar 09, 2021| 03:21 मंगलबार, फागुन २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।